उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिनुभएको छ ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विश्नुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस  
बिर्तामोडको विकासमा सहयोग गर्ने चिनियाँ राजदुत चेन सोङ्गको प्रतिवद्धता

बिर्तामोड । चिनियाँ राजदुत चेन सोङ्गले बिर्तामोडको विकासका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताउनु भएको

सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न एमालेका कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नु पर्छ ः उपमहासचिव ज्ञवालीले

नेकपा एमालेको उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा

विद्या भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउने चाहना व्यक्त गर्नुभएको छैन ः शेरधन राई

काठमाडौं- नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

  नेपाल कम्युनिष्ट पार्टी एमाले  निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई