विकासका लागि बलियो सरकार सरकार गठन भएको छ : उपप्रधानमन्त्री पौडेल


रुपन्देही । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका लागि राजनीतिक स्थिरता खोजेर नै यो सबैभन्दा बलियो सरकार गठन भएको बताउनुभएको छ ।

बुटवल उद्योग वाणिज्य संघको ७१ साधारण सभामा सोमबार बुटवलमा बोल्दै उहाँले यसबाट नागरिक र निजी क्षेत्रमा केही खुसी बनाएको र अब यो कार्यकालका लागि यसको विकल्प नभएको बताउनुभयो ।

‘यो सरकार बनेपछि निजी क्षेत्रलाई समस्या हुने कुनै निर्णय भएको छैन, केही समस्या समाधान हुने क्रममा छन्, अब निराश हुने होइन विश्वासको साथ व्यवसाय प्रवर्द्धनमा लागौँ’ उहाँले भन्नुभयो, ‘ मैले हरेक दिन निजी क्षेत्रका समस्या सुन्ने समय मिलाएको छु, यसले केही सहजता भएको छ । राजश्व संकलन, पुँजी लगानी, लगानीको वातावरण बन्दै गएको छ ।’

उहाँले यहाँ थालेका आयोजना पूरा भएपछि सहज हुने गरी काम भइरहेको, बुटवल नारायणगढ सडक, बुटवल गोरूसिंगे सडक, सिद्वबाबा सुरूङमार्ग, प्रादेशिक अस्पतालको आधुनिकीकरण र भैरहवा विमानस्थलले यश क्षेत्रको पहिचान बढाउने पनि बताउनुभयो ।

यो क्षेत्रमा निजी क्षेत्रले लगानी बढाएकोले पनि यसको भविष्यप्रति चिन्ता नगर्न मन्त्री पौडेलले आग्रह गरे । ब्याजदर घटे पनि ऋण स्थिति नबनेको विषयमा सरकारले अनुसन्धान थालेको उहाले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस  
कमजोर राज्यमा नागरिक बलिया बन्न सक्दैनन् : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने टिप्पणी गरेका

सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका छन ः प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र

एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएको कारण उहाँ माथि आक्रमण भइरहेको छ ः सुनिता डङ्गोल

  काठमाडौं । काठमाडौं उपमहानगरपालिका उप प्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय

अब नेपाल अगाडि बढ्यो बढ्यो, यसको ग्यारेन्टी हामी गर्छाैँ : केपी शर्मा ओली

आज हाम्रो पार्टीले ७६ वर्ष पूरा गरेर ७७ औं वर्षमा प्रवेश गर्दैछ । हामीले संघर्षका,

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई