वर्तमान सरकारलाई काम गर्न नदिने गरी घेराबन्दीको प्रयास भइरहेको छ : महासचिव पोखरेल


काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूमि अधिकारका दृष्टीले अबका तीनबर्ष महत्वपूर्ण हुने बताउनुभएको छ ।
भूमि अधिकार तथा श्रमिक सङ्गठन, नेपालको स्थापना दिवस तथा प्रथम केन्द्रीय परिषद् बैठकपछि सम्बोधन गर्दै महासचिव पोखरेलले भूमि अधिकारसम्बन्धी समस्या समाधानका लागि सार्थक प्रयत्न अगाडि बढिरहेको बताउनुभयो ।
नेकपा (एमाले) भूमि समस्यालाई समाधान गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट गर्दै महासचिव पोखरेलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि भूमि आयोग गठन गर्ने आधार तयार भएको बताउनुभयो । नेकपा (एमाले)ले विगतमा पनि बेला बेलामा भूमि समस्या समाधानका लागि काम गर्न खोज्ने तर कानुनी जटिलता सिर्जना हुने, अदालतले काम रोकिदिने तीतो अनुभव पनि रहेको सुनाउनुभयो । महासचिव पोखरेलले भूमि आयोग गठन गरी भूमि अधिकारसम्बन्धी समस्याको समाधान एकपटकका लागि भनेकाले अब गठन हुने आयोग अन्तिम हुनेहुँदा भूमिहीन, सुकुम्वासीहरू कोही पनि अबको अन्तिम अवसरबाट बन्चित भयौं भन्ने अवस्था आउन नहुने बताउनुभयो ।
उहाँले भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालका पदाधिकारी तथा सदस्यहरूलाई भूमिहीन, सुकुम्वासीका बस्तीमा गई सबैलाई प्रक्रियामा सामेल गराउन अगुवाई गर्न निर्देश गर्दै त्यसो गरियो भने मात्र सार्थक परिणाम प्राप्त हुने बताउनुभयो ।
महासचिव पोखरेलले दुई ठुला पार्टी मिलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठन भएको वर्तमान सरकारलाई काम गर्न नदिने गरी घेराबन्दीको प्रयास भइरहेको बताउँदै भूमि अधिकारको विषयलाई अगाडि बढाउने र समाधान गर्ने सन्दर्भमा पनि काममा प्रभाव पार्ने गतिविधि हुनसक्ने हुँदा त्यस्ता गतिविधिमा नलाग्न सचेत गराउनुभयो ।
वर्तमान सरकारको प्रभावकारितासँग भूमिहीनहरूको भविष्य जोडिएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो–जुन समुदायका लागि राज्यले काम गर्न खोज्दै छ, त्यो सरकारप्रति सकारात्मक बन्नुपर्छ ।
नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य, भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालका इन्चार्ज तथा अध्यक्ष शान्ता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, भानुभक्त ढकाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, पोलिटव्यूरो सदस्य सुजिता शाक्य लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई