रवि बिरुद्ध विश्वप्रकाशको कडा ट्विट समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’ ?
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणका दोषी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी रकम अपचलन सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले क्लियर चिट दिएको आरोप लगाउनु भएको छ ।
सामाजिक सञ्जाल एस ट्विटरमा कडा ट्विट गर्दै महामन्त्री शर्माले समितिले ‘क्लिन चिट’ भनेर भ्रम नछर्नु भन्दै ‘क्लियर चिट’ को वास्तविकता बुझ्न गलत ब्याख्या नगर्न आग्रह गर्नुभएको छ ।
हेर्नुस विश्वप्रकाशको कडा ट्विट
नयाँ दलको प्रथम रास्ट्रीय सम्मेलन सफलताको शुभकामना सहित दुई सुझाव-
#पहिलो,कतिपय असन्तुष्टिको माहौलमा `स्वतन्त्र´ मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग `क्यास´ गर्न `स्वतन्त्र´ नाम रोज्नुभो, एउटा आकार बनाउनुभो l अब `स्वतन्त्र´ छोडेर दलको नाम जुराउने साहस राख्नोस् ! शुभकामना !
#दोस्रो, क्लिन चिट कि `क्लियर चिट´ ? स्पष्ट हुनोस् !
`प्रचलित कानुन बमोजिम कारबाहीकालागि सिफारिस गर्ने´, प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं l बरु `क्लियर चिट´ किटान गरेको छ प्रतिवेदनले l चिट ( cheat ) को अर्थ- बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छनै !