एमालेका महासचिव शंकर पोखरेलको आयो कडा स्टाटस
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो भन्नुभएको छ । सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै पोख्रेलले उक्त कुरा बताउनु भएको हो ।
पोखरेलको स्टाटस
कुनै कम्पनीको सिओले आफ्नो कम्पनीमा पैसा कहाँवाट आउछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ । अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?