नेकपा एमालेको रामेछाप—काठमाडौं सम्पर्क मञ्च कार्ययोजना अनुसार काम गर्ने देशकै उत्कृष्ट कमिटी


काठमाडौं । नेकपा एमालेको रामेछाप—काठमाडौं सम्पर्क मञ्च कार्ययोजना अनुसार काम गर्ने देशकै उत्कृष्ट कमिटी बन्न सफल भएको छ ।
नेकपा एमाले सम्पर्क समन्वय कमिटीले सबै जिल्लका सम्पर्क कमिटीको २०७८—०८० मा गरेको कामका आधारमा रामेछाप—काठमाडौं सम्पर्क मञ्च प्रथम भएको हो । तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यासल ललितपुरमा भएको कार्यक्रममा सो घोषणा गरिएको हो ।
मञ्चको मुल्यांकन कमिटीका सहसंयोजक ठानेश्वर बस्यालको संयोजकत्वमा गठित मुल्यांकन कमिटीले ७४ जिल्ला सम्पर्क मञ्च तथा सात प्रदेश सम्पर्क कमिटीको कामको आधारमा मूल्यांकन गरेको थियो । सो मूल्यांकनमा रामेछाप—काठमाडौँ सम्पर्क मञ्च जिल्ला सम्पर्क मञ्चहरूमा प्रथम भएको हो । त्यस्तै गुल्मी—काठमाडौँ सम्पर्क मञ्च द्वितीय र ओखलढुङ्गा—काठमाडौँ सम्पर्क मञ्चले तृतियस्थान प्राप्त गरेका छन् ।
सात प्रदेशहरूमा प्रथम स्थान वाग्मती प्रदेश सम्पर्क कमिटीले प्राप्त गर्दा लुम्बिनी प्रदेश सम्पर्क कमिटी द्वितीय र कोशी प्रदेश सम्पर्क कमिटी तृतीय भएका छन् ।
सम्पर्क समन्वय कमिटी संयोजक श्यामकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम पार्टी उपाध्यक्ष युवराज ज्ञवाली प्रमुख अतिथि तथा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य विशेष अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा उत्कृष्ट हुने जिल्ला सम्पर्क मञ्च र प्रदेश सम्पर्क कमिटीलाई प्रमुख अतिथि, विशेष अतिथि, सम्पर्क समन्वयका इन्चार्ज, संयोजक लगायतले प्रमाणपत्र र मेडलद्वारा सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ज्ञवाली, विशेष अतिथि शाक्य, स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इञ्चार्ज लालबाबु पण्डितले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ

काठमाडौं, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ

चाड पर्वका माध्यमबाट हामीले हाम्रो संस्कृतिलाई मजबुत बनाउनु पर्दछ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका सांस्कृतिक पर्वले देशलाई एकताबद्ध बनाउन सहयोग गरेका

पीडामा परेकाहरुको पिडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया

बडादशैंको महत्व झनै बढेर गएको छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, असोज २५ । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले बडादशैं पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई