मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा एमालेको केन्द्रीय कार्यालय भवन बन्दै



काठमाडौं, २५ असोज । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास भएको छ ।
भटभटेनीका संचालक मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो । उहाँले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेकोे जनाउनुभयो ।
एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो ।
पत्रकारको प्रश्नमा व्यावसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताउनुभयो ।
उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
सरकार सञ्चालनको काममा सहयोग गर्न वाग्मती प्रदेशमा पनि नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्र

काठमाडौं । सरकार सञ्चालनको काममा सहयोग गर्न वाग्मती प्रदेशमा पनि नेपाली कांग्रेस र नेकपा एमालेको

एमाले सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू

काठमाडौं । नेकपा एमाले सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकले सिङ्गो पार्टी

अभिभावकका सपना कुल्चिने दुष्प्रयास गरेको अनेरास्ववियुको आपत्ती

काठमाडौं । विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटिहरू सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रलाई ध्यानाकर्षण गराएको छ

भ्रम फैलाइएका छन्, हामीले प्रतिवाद गरेका छैनौँ : महासचिव शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दशौँ राष्ट्रिय महाधिवेशन विगतका महाधिवेशन भन्दा भिन्न महाधिवेशन

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई