चाड पर्वका माध्यमबाट हामीले हाम्रो संस्कृतिलाई मजबुत बनाउनु पर्दछ : महासचिव पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका सांस्कृतिक पर्वले देशलाई एकताबद्ध बनाउन सहयोग गरेका बताउनुभएको छ ।
बडा दशैँ लगायतका पर्वहरूको अवसरमा शुभकामना सन्देश दिँदै महासचिव पोखरेलले नेपाल संस्कृतिमा अत्यन्त धनी रहेको बताउनुभएको छ । ‘नेपालका मौलिक सांस्कृतिक पर्वहरूले नै नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने काम गरेका छन्, वीर नेपालीको भूमिका रूपमा परिचित नेपाललाई सांस्कृतिक रूपमा सम्पन्न राष्ट्रका रूपमा बुझ्ने गर्दछौँ’, उहाँले भन्नुभयो ।
पछिल्ला दिनहरूमा नेपालको मौलिक संस्कृति माथि विभिन्न कोणबाट प्रहार गर्ने प्रयास भएको भन्दै पोखरेलले चिन्ता व्यक्त गर्नुभएको छ । नेपालको संस्कृति मूल्य र मान्यताको विगठन हुने क्रम बढेको उहाँले बताउनुभयो । ‘चाड पर्वका माध्यमबाट हामीले हाम्रो संस्कृतिलाई मजबुत बनाउनु पर्दछ’, पोखरेलले भन्नुभयो ।
समाजमा रहेका विकारलाई अन्त्य गरेर मुलुकलाई सभ्य, समृद्ध र विकसित राष्ट्र बनाउनु पर्नेमा पोखरेलले जोड दिनुभयो । राजनीतिक परिवर्तन पछाडि मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनु पर्ने बेलामा नेपालको राजनीति अलमलिएको अवस्थामा रहेको उहाँको धारणा छ । ‘राजनीति अस्थिरता चुनौती बनिरहेको छ, राजनीतिमा पनि शक्तिलाई सुदृढ गर्नुपर्ने, बलिया शक्तिका माध्यमबाट शासन व्यवस्था अगाडि बढाउनु पर्ने आवश्यकता छ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न एमालेका कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नु पर्छ ः उपमहासचिव ज्ञवालीले

नेकपा एमालेको उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा

विद्या भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउने चाहना व्यक्त गर्नुभएको छैन ः शेरधन राई

काठमाडौं- नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

  नेपाल कम्युनिष्ट पार्टी एमाले  निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने

संवैधानिक पदाधिकारी नियुक्ति विवादको फैसला असार १८ मा गर्ने

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी चार वर्षअघिको विवादमा सर्वोच्च अदालतले आज पनि निर्णय दिन

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई