पार्टी निर्णय विरुद्ध बोल्ने नेताहरूसँग स्पष्टीकरण माग्ने एमाले सचिवालयको निर्णय


काठमाडौं । नेकपा एमालेले पार्टीको कार्यालय निर्माणको सन्दर्भमा पार्टी निर्णय विरुद्ध बोल्ने नेताहरूसँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कमिटी बैठकले लामो समयदेखि पार्टी हित विपरीत विचार प्रकट गर्दै आउनुभएको भन्दै पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पनि के कारणले पार्टी निर्णय विपरीत पार्टी कार्यालय निर्माणको सम्बन्धमा अभिव्यक्ति दिनुभएको हो भन्ने विषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको बैठक पछि पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । ‘पार्टी नीति विपरीत अभिव्यक्ति दिनुभएकोमा के कति कारणले उहाँहरूले त्यस प्रकारका गतिविधिहरू गरिराख्नु भएको छ भन्ने विषयमा स्पष्टीकरण सोध्ने कुरा भएको छ’, पोखरेलले भन्नुभयो ।
एमालेलाई भएको क्षतिमा सहयोग स्वरूप जग्गा दान गर्ने पवित्र उद्देश्यका साथ मीनबहादुर गुरुङले जग्गा दान गर्नुभएको पोखरेलले बताउनुभयो । यसमा कुनै पनि स्वार्थ नबाझिएको उहाँले स्पष्ट पार्नुभयो ।
पत्रकारले सोधेको अर्को जिज्ञासाको जवाफमा पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संसदीय समितिले गरेको सिफारिसको आधारमा प्रहरीले अनुसन्धानको लागि गिरफ्तार गरेको बताउनुभयो । यो विषय सरकारको मात्र विषय नभए संसद्को साझा सरोकारको विषय भएको उहाँले स्पष्ट पार्नुभयो । ‘यसमा सरकार भर्सेस हुन कुनै आवश्यक छैन’, उहाँले भन्नुभयो । एमालेको दृष्टिकोण कुनै अमुक व्यक्तिलाई कारबाही हुनुपर्छ भन्ने धारणा नभएको उहाँले बताउनुभयो । अनुसन्धानले जे देखाउँछ सोही अनुसार अघि बढ्नु पर्ने एमालेको स्पष्ट धारणा रहेको पोखरेलले बताउनभयो ।

प्रतिक्रिया दिनुहोस  
अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीमा व्यस्त

काठमाडौं, जेठ ८ अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको

शंकर पोखरेलको टिप्पणी : राजावादीले गर्ने आन्दोलन जनता विरूद्वको हो

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका

अनेरास्ववियुको झण्डा सगरमाथामा

विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाले अनेरास्ववियुको झण्डा सगरमाथामा पुरयाउनु भएको छ । त्यसैलाई लिएर

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घको हानीनोक्सानी कोषका कार्यकारी निर्देशकद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको हानीनोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज)का

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई