कांग्रेसको नीति प्रतिष्ठानमा विश्वदीप लामिछानेसहित १८ सदस्य मनोनित
काठमाडौँ, कात्तिक ५ गते । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टीको विधानअनुसार प्रतिष्ठानको सदस्यमा विश्वदीप लामिछानेसहितका १८ सदस्य नियुक्त गर्नुभएको छ ।
मनोनित सदस्यमा विश्वदीप लामिछाने, कविराज पण्डित, जगदीशचन्द्र पोखरेल, छन्दबहादुर पहराई, बिजुला वर्मा, केदारनरसिंह केसी, रिना उप्रेती (केसी) र वीरेन्द्र यादव छन्।
यस्तै कृष्णप्रसाद पौडेल, भरत प्रसाईं, कमल कार्की, बलदेव तिमिल्सिना, डोलराज भुसाल, प्रताप पौडेल, हजारी नेपाली (वादी), नाहिदा परविन, भवानी पन्त, अनार बस्नेत पनि प्रतिष्ठानको सदस्यमा मनोनित भएका छन्।