म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन : प्रधानमन्त्री ओली


काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताउनुभएको छ ।
गैह्रआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आज आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताउनुभएको हो । “नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।”
प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै पक्षबाट धम्की आउन नहुने पििन बताउनुभयो ।
प्रधानमन्त्री ओलीले गैह्रआवासीय नेपाली सङ्घको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गर्नुभयो । उहाँले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न आग्रह गर्दै भन्नुभयो, “म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।”
आफू सन् १९९९ तिर मा मस्को जाँदा डा उमेन्द्र लामिछानेसँग गैह्रआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई