नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यतालाई फेरि पनि स्थापित होस्  ः प्रधानमन्त्री


काठमाडौँ, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवद्र्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुुत गर्न प्रत्यक्ष सहयोग पुुग्ने बताउनुुभयो ।
प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग, साथ, सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाउनुुभयो । “खेल सरकारको क्रियाकलापभन्दा बाहिर छैन । खेलमा म सरकारका हुँदा वा नहुँदा जहिल्यै पनि रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुुभकामना दिन चाहान्छुु ।’’, हरेक क्लव र खेलाडीका लागि विशेषतायुक्त प्रशंसाका शब्दगुच्छा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भन्नुुभयो, “नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यतालाई फेरि पनि स्थापित होस् । नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस् । क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो ।’’

प्रतिक्रिया दिनुहोस  
प्रमुख सूचना आयुक्त र आयुक्तहरुको सपथ

काठमाडौँ २६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा

जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आनन्द लाग्यो : प्रधानमन्त्री ओली

झापा, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी

प्रधानमन्त्री ओलीले मानवसेवा आश्रम भवन निर्माणका लागि आफ्नो एक महिनाको तलव र प्रधम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन

जनतामा निरासाकाे खेती गर्नेहरुका कारण समाजमा अराजकता बढेकाे छ  : महासचिव पाेखरेल

नेकपा एमालेका महासचिव शंकर पाेखरेलले देश बलियाे बनाउनका लागि बलियाे शक्तिकाे आवश्यकता रहेकाे बताउनुभयाे ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई