बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत



काठमाडौँ, १३ मङ्सिर । लगानी बोर्डको आजको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बैठकले तीन सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजनाका लागि रु ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि रु २३ अर्ब ५९ करोड र दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि रु ४७ अर्ब ५४ करोड लगानी स्वीकृतिको निर्णय गरेको हो ।
यसैगरी बैठकले तीन सय २७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी र सम्राट सिमेन्ट कम्पनी प्रालिको म्याद थप गरेको छ भने पश्चिम सेती जलविद्युत परियोजनाको क्षमता सात सय ५० मेगावाट बाट बढाएर आठ सय मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ । साथै माथिल्लो कर्णाली जलविद्युत आयोजनाको शेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णय गरिएको छ ।
प्रधानमन्त्री ओलीले सम्बन्धित निकायहरुले समन्वयात्मकरुपमा काम गरी मुलुकमा लगानीको उचित वातावरणा सृजना गर्न र समृद्धिको यात्रामा तदारुकताका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले विकास र समृद्धिका लागि विद्यमान कानुन र सं
बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यसअघिको असोज २२ गतेको निर्णयका आधारमा बोर्डको रणनीतिक तथा व्यावसायिक योजनाको मस्यौदा तयार गरी सरोकार भएका पक्षसँग छलफल भइरहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
विद्या भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउने चाहना व्यक्त गर्नुभएको छैन ः शेरधन राई

काठमाडौं- नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

  नेपाल कम्युनिष्ट पार्टी एमाले  निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने

संवैधानिक पदाधिकारी नियुक्ति विवादको फैसला असार १८ मा गर्ने

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी चार वर्षअघिको विवादमा सर्वोच्च अदालतले आज पनि निर्णय दिन

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं, जेठ २८ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई