विभिन्न पार्टीका ३० जनाभन्दा बढी बाराका जिल्लास्तरीय नेताकार्यकर्ता एमालेमा


१५ मङ्सिर (२०८१), काठमाडौं । बारा जिल्लाको निर्वाचन क्षेत्र नं.४ मा क्रियाशील ३० जनाभन्दा बढी विभिन्न पार्टीका स्थानीय नेताकार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य अच्यूत मैनाली लगायतका नेताहरूले आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा नवप्रवेशीहरूलाई खादा र अवीर लगाई स्वागत गर्नुभयो ।
यसरी प्रवेश गर्नेहरूमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)का विभिन्न कमिटीमा रहेर काम गर्नुभएका अनुभवी कार्यकर्ताहरू हुनुहुन्छ ।
महासचिव पोखरेलले मधेशको विकास पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा भएको स्मरण गराउनुभयो । अन्नभण्डारका रुपमा लिइने मधेशमा बाह्रै महिना सिंचाई हुने व्यवस्थाका लागि सुनकोशी– मरिन डाइभर्सन, अलपत्र रहेको हुलाकी सडक निर्माण, सदरमुकाम जोड्ने सडकहरू कालोपत्रे लगायत मधेशमा अहिले जे विकासका काम भएका छन्, ती नेकपा (एमाले)को सरकारका पालामा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो–देश बनाउनका लागि, मधेशको विकास गर्नका लागि एमालेलाई बलियो बनाउने अभियानमा लाग्नुपर्छ । मधेशमा आफूहरूसँगै धेरैलाई एमालेमा समेट्ने अभियानमा लाग्नुस् । एमाले प्रवेशको सन्देश मधेशव्यापी दिनुस् ।
एमालेलाई कमजोर बनाउन माधव– झलनाथले पार्टी फुटाए पनि जनताले माया गरेर अहिलेको अवस्थामा उठाएको बताउँदै देश बनाउनका लागि साना दलको काम नभएको उहाँको भनाइ छ ।
आज नेकपा (एमाले)मा प्रवेश गर्नेहरूमा नेकपा एकीकृत समाजवादीबाट गत निर्वाचनमा विश्रामपुर गाउँपालिकाका प्रत्याशी मदनप्रसाद यादव, विश्रामपुर गाविसका पूर्व अध्यक्ष जवाहिर बैठा, पर्सौनी गाउँपालिका निवासी सेवानिवृत्त प्रहरी नायव निरीक्षक (डिएसपी) रामेश्वर साह, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य सुजित गुप्ता, असलम अन्सारी, लोसपाका जिल्ला सदस्य कोरान अली, चन्दन साह कानु, विनोद प्रसाद यादव, क्षेत्रीय सदस्य हजरत अली, जलन्धर पटेल, लोसपाका भूपूवडाध्यक्ष गणेश कुशवाह हुनुहुन्छ ।  त्यसैगरी लोसपाका पूर्वजिसस जुमरानी मिया, नेकपा एसका हृदयनारायण यादव, सुरेन्द्रप्रसाद यादव, राजकिशोर पटेल, उमेशप्रसाद यादव, रामदयाल साह कलवार, अजयसिंह राजपुत, कन्हैया ठाकुर, वृजकुमार राउत, राजकुमार चौरसिया नेपाली कांग्रेसका गाउँकमिटी सदस्य रोशन साह, रमेश साह, सलिम मिया, जनता समाजवादी पार्टी (जसपा) का जिल्ला सदस्य सञ्जय चौरसिया, माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका मुकेश यादव पनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरू बारा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने, पर्सौनी, परवानीपुरका बासिन्दा हुनुहुन्छ ।
नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै महासचिव शंकर पोखरेलले सिङ्गो देश र मधेशको विकासका लागि नेकपा (एमाले)को सरकार निर्माण हुनुपर्ने र त्यसका लागि एमालेलाई बलियो र निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
मिस इन्फरमेसन, डिसइफरमेसन, डिक फेक र फेक न्युजहरूले दल र दलका नेतालाई प्रहार गरिनु दुखद : उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हक लोकतन्त्रको आधार भएको बताउनुभएको छ ।

कुनै दल फुुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुुपर्ने आवश्यकता भए पनि

विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत

काठमाडौँ, २८ पुस । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम

हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी

काठमाडौं, पुस २६ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई