जनतामा निरासाकाे खेती गर्नेहरुका कारण समाजमा अराजकता बढेकाे छ  : महासचिव पाेखरेल


नेकपा एमालेका महासचिव शंकर पाेखरेलले देश बलियाे बनाउनका लागि बलियाे शक्तिकाे आवश्यकता रहेकाे बताउनुभयाे ।

तुलसिपुर उपमहानगरपालिका वडा न १९ काे प्रशासनिक भवनकाे उदघाटन गर्दै उहाँले विगतभन्दा वर्तमान धेरै उपलब्धि प्राप्त भएकाे बताउनुभयाे ।
तुलसिपुर उपमहानगरपालिक वडा न १९ का वडाध्यक्ष प्रेमनाथ याेगीकाे अध्यक्षता एवम लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पाेखरेलकाे प्रमुख आतिथ्यतामा भवन उदघाटन गरिएकाे हाे ।

उहाँले जनतामा निरासाकाे खेती गर्नेहरुका कारण समाजमा अराजकता बढेकाे बताउनुभयाे । एमाले महासचिव पाेखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा समस्या सिर्जना भएकाे बताउनुभयाे ।

कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाका अब १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेकाे बताउनुभयाे । उहाँले यसै महिनामा कृषि,पशु शाखा, वडा र स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा सुरु गरेकाे बताउनुभयाे ।
नगरप्रमुख खड्काले वडाकाे प्रशासनिक कार्यालयसम्म आउने सडकलाई कालाेपत्रे सुरुवात गरिने बताउनुभयाे
तुलसिपुर उपमहानगरपालिकाकाे वडा न १९ ताेप्पापानीमा २०७४ सालमै शिलन्यास भएपनि निर्माण कार्य अधुराे रहेकाे थियाे । वडाध्यक्ष प्रेमनाथ याेगीले घाेराही आँखा अस्पताल र बिजाैरी छिल्लीकाेट सडकखण्डकै नजिकमा सबै वडावासीकाे मध्यबिन्दुमा वडा कार्यालय भवन निर्माण गरिएकाे बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई