स्वदेशी वस्तुको प्रयोग वृद्धि र रुग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ


काठमाडौँ, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरुको प्रभावकारी सञ्चालन र रोजगारीवृद्धिका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिनुुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा हालै सरकारले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१, लघुु, घरेलुु तथा साना उद्योग प्रवद्र्धन नीति, २०८१ र राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयका तर्फबाट प्रस्तुुतिकरण गरिएको थियो ।
छलफलमा लामो समयदेखि बन्द र अन्योलको अवस्थामा रहेका गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट, विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौडा सिमेन्ट र कपडा उद्योग, नेपाल ओरियण्ड उद्योगलगायत उद्योगलाई सरकारको स्वामित्वमा निजी क्षेत्रको साझेदारी वा उपयुक्त ढाँचामा सञ्चालन गरी उत्पादन र रोजगारी बढाउने विषयमा छलफल भएको थियो । यसैगरी पेट्रोलियम पदार्थ र फलाम खानीको उत्खनन्का प्रगतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो ।
प्रधानमन्त्री ओलीले समृद्धिको यात्रामा लाभ पुुग्ने, आयात प्रतिस्थापन गरी निर्यात बढाउने र रोजगारी अभिवृद्धि गर्ने दिशामा ठोस योजना र कार्यक्रम ल्याउन निर्देशन दिनुुभयो । सो अवसरमा उद्योगमन्त्री दामोदर भण्डारी, सचिव गोविन्दबहादुर कार्कीलगायत सहभागी हुनुुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई