एमालेका पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको दसौँ राष्ट्रिय महाधिबेसन विराटनगरमा हुने


 


काठमाडौं । नेकपा एमालेका पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको दसौँ राष्ट्रिय महाधिबेसन फागुन २३ देखि २५ गतेसम्म हुने भएको छ ।
महाधिवेशन कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरमा गर्ने निर्णय भएको प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले बताउनुभयो । बुधबार सम्पन्न प्रेस चौतारी नेपालको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
अहिले पनि देश र राज्य व्यवस्था विरुद्ध विभिन्न खालका आक्रमण भइरहेको बेला हुन लागेको महाधिवेशनले त्यसलाई चिर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने लामाले बताउनुभयो । ‘ प्रेस चौतारी नेपालको यो महाधिवेशनले पत्रकारको आन्दोलनलाई अघि बढाउन, देशभरि काम गर्ने पत्रकारको आर्थिक र सामाजिक सुरक्षा एजेण्डालाई स्थापित गर्न तथा राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई थप सुदृढ गराउन महत्पूर्ण भूमिका खेल्ने छ’, लामाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
मिस इन्फरमेसन, डिसइफरमेसन, डिक फेक र फेक न्युजहरूले दल र दलका नेतालाई प्रहार गरिनु दुखद : उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हक लोकतन्त्रको आधार भएको बताउनुभएको छ ।

कुनै दल फुुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुुपर्ने आवश्यकता भए पनि

विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत

काठमाडौँ, २८ पुस । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम

हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी

काठमाडौं, पुस २६ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई