एमाले नेता भट्टराईको कडा स्टाटस
नेकपा एमालेका नेता खिमलाल भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले संविधान संशोधनकाे विषयमा बाेल्नु भएको कुरालाई लिएर नेपाली काँग्रेसका नेताहरु र अन्य विभिन्न सामाजिक संजालहरु उद्वेलित भएको देखियाे भन्नुभएको छ । सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो । एमालेको बिरुद्ध सामाजिक सञ्जालमा चर्को आक्रोश पोखेपछि भट्टराई ले उक्त टिप्पणीमा गर्नुभएको हो ।
संविधान संशोधन र कमरेड अध्यक्षकाे संवाेधन :
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले
संविधान संशोधनकाे विषयमा बाेल्नु भएको कुरालाई लिएर नेपाली काँग्रेसका नेताहरु र अन्य विभिन्न सामाजिक संजालहरु उद्वेलित भएको देखियाे ।
केन्द्रीय कमिटीको वैठकमा उहाँको संवाेधन सुनेको
मैले वुझेकाे कुरा यस्तो हाे :
संविधान संशोधनकाे लागि सरकारले आन्तरिक तयारी गरिराखेकै छ । यसकाे आवश्यकता र अौचित्यकाे विषयमा
अध्यक्षकाे कुनै फरक विचार छैन भन्ने स्पष्ट नै छ ।
तर अहिले संविधान संशोधनका लागि दुवै सदनमा चाहिने दुई तिहाई वहुमत नेकपा (एमाले) र नेपाली काँग्रेससँग छैन ।
राष्ट्रिय सभामा समेत दुई तिहाई नभई संविधान संशोधन
संभव छैन ।
आउने राष्ट्रियसभाकाे चुनावमा पनि गणितीय संख्या पुग्नेगरि जित्न मुश्किल छ । त्यसैले संविधान संशोधन काे निम्ति आवश्यक संख्या पुर्याउन २०८७ सालसम्म पर्खिनु पर्ने हुनसक्छ भनेर परिस्थितिकाे विश्लेषण गर्नु भएको हाे ।
आवश्यकताकाे सिद्धान्त अनुसार सही र सामयिक विषयमा संशोधन गर्न सत्तारूढ दलहरु तयार छँदैछन् । यसकाे अलावा अरु दलहरु समेत तयार हुँदा संशोधनकाे प्रक्रियामा ढिलाई हुने प्रश्नै छैन ।
कमरेड अध्यक्षकाे संबाेधनकाे मूल मर्म यही नै हाे ।
सात वुँदामा संविधान संशोधनकाे वुँदा के देखेका थिए
कतिपयले आफ्नाे अतिवादी विचारकाे प्रचार थालेका छन् ।
त्याे चाहिँ संभव छैन ।