सुका पर्ने भाउलाई एक रुपैयाँ किन दिने ?


 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेसँग एकताको नाममा बार्गेनिङ नगर्न राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा बिहीबार एमालेको केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले ओलीले एमालेसँग कोही मिल्ने भए मर्ज हुन सक्ने तर एमालेमा एकताका नाममा बार्गेनिङ नचल्ने स्पष्ट पार्नुभयो । ‘हामी आफ्नो पार्टी विस्तार गर्छौ, कोही आउँछ भने मिल्न आउँदा हुन्छ, मर्ज गर्न आए हुन्छ, तर एकताका नाममा बार्गेनिङ चल्दैन’, ओलीले भन्नुभयो ।
एमालेले आफ्नो नीतिमा कसैसँग बाँडफाँड नगर्ने उहाँले स्पष्ट पार्नुभयो । पार्टी एकताको नाममा योग्यता नभएका मानिसलाई एमालेको जिम्मेवारीमा नल्याउन पनि उहाँले बताउनुभयो । ‘नेकपा एमाले तिम्रा नीति अलिकति मान्छु, मेरा अलिकति मान भनेर नीतिमा बाँडफाँड गर्ने र संगठनमा योग्यता नभएका मान्छे म स्थायी कमिटी सदस्यमा आउँछु भनेर बार्गेनिङ गर्न मिल्दैन, उहीसँग वार्ता गर्नुपर्ने र पोलिटब्युरोमा बार्गेनिङ गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ’, उहाँले भन्नुभयो ।
ओलीले समाजवादसँग कुनै साइनो नभएकाहरूले पनि समाजवाद भनेर आफूलाई बेच्ने गरेका बताउनुभयो । ‘आफ्ना आफ्ना नामका पसल खोल्न खोजेका छन् मान्छेहरूले, हामीले त्यो पसल चल्न दिनु हुँदैन, किनकि सुका पर्ने भाउलाई एक रुपैयाँ किन दिने ? हामी अब आफ्नो पार्टी विस्तार गर्छौ, अनावश्यक भाउ दिनु पनि हुँदैन’, ओलीले भन्नुभयो ।
नेकपा एमालेसँग टङ्कप्रसाद आचार्यले बनाएको देशको सबैभन्दा पुरानो पार्टी प्रजा परिषद् समेत मिलेकोले त्यसको उत्तराधिकारी राजनीतिक पार्टी नेकपा एमाले नै भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
मिस इन्फरमेसन, डिसइफरमेसन, डिक फेक र फेक न्युजहरूले दल र दलका नेतालाई प्रहार गरिनु दुखद : उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हक लोकतन्त्रको आधार भएको बताउनुभएको छ ।

कुनै दल फुुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुुपर्ने आवश्यकता भए पनि

विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत

काठमाडौँ, २८ पुस । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम

हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी

काठमाडौं, पुस २६ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई