माधव नेपाल एमालेमा फर्कन चाहे पनि एमालले स्वीकार गर्दैन : महासचिव पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठुलो भुल गर्नुभएको बताउनुभएको छ ।
माधव नेपालहरू एमालेबाट विभाजित हुँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा स्वागत गर्दै पोखरेलले माधव नेपाल एमालेमा फर्कन चाहे पनि एमालले नस्विकार्ने बताउनुभयो । नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उहाँको भनाइ छ । त्यही दुर्घटनामा माधव नेपाल पनि पर्नुभएको पोखरेलले स्पष्ट पार्नुभयो ।
नेताहरूले गराएको दुर्घटनालाई सच्याउने काम कार्यकर्ताले गर्ने पोखरेलले बताउनुभयो । नेकपा एमाले फुटाएर माधव नेपाल, झालनाथ खनाल लगायतले गराएको दुर्घटना कार्यकर्ताले एमालेलाई साथ दिएर सच्याएका उहाँले धारणा राख्नु भयो ।
सरकारले दल विभाजनको अध्यादेश ल्याउला र आफ्नो पार्टी सकिएला भन्ने चिन्ता माधव नेपाललाई भएको उहाँले बताउनुभयो । अध्यादेशले पार्टी सिद्धिने र बन्ने नभएको बताउँदै निर्वाचनको बेलामा कानुन नआए पनि नचल्ने पार्टी नेता कार्यकर्ताले छाड्ने पोखरेलले स्पष्ट पार्नुभयो । ‘ त्यहाँ भविष्य छैन भन्ने ठानेपछि मानिसले अन्यत्र भविष्य खोज्ने गर्दछ’, उहाँले भन्नुभयो ।
इतिहासको भारी बोकेर यात्रा अघि बढ्न नसक्ने उहाँले बताउनुभयो । राजनीतिक दलको लक्ष भविष्य प्रति केन्द्रित हुनुपर्नेमा पोखरेलले जोड दिनुभयो । ‘भविष्य के हो भने समाजवादी जनताबाट बिदा हुँदै छ, नेकपा एमाले जनताको लागि स्वीकार्य हुँदै छ’, उहाँले भन्नुभयो ।
एमाले भित्र लामो जीवन बिताएका र योगदान गरेका नेता कार्यकर्ताले आफ्नो भविष्य सुरक्षित गर्ने हो भने समाजवादीमा अलमलिन नहुने उहाँले बताउनुभयो । ‘खुल्ला हृदयले सम्मान स्वागत गर्ने हो भने पहिला माधव नेपाल आइपुग्नु हुन्छ, तर हामीले माधव नेपालको लागि ढोका खोलेका छैनौँ, उहाँले जुन गल्ती गर्नुभएको छ, त्यो गल्ती गरेबापत नेकपा एमाले उहाँलाई सम्मान गर्ने पक्षमा छैन’, उहाँले भन्नुभयो ।
देशका पक्षमा उभिएको कारण केपी ओली माथि आक्रमण भएको बताउँदै उहाँले त्यसैले आफू केपी ओलीको पक्षमा उभिएको उहाँले प्रष्ट पार्नुभयो । देशको पक्षमा उभिने नेताको पक्षमा नउभिने हो भने देश बरबाद हुने उहाँले बताउनुभयो ।

बागबजारको होटेल हार्दिकमा प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा सुवेदीसँगै सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईँ, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा फर्कनु भएको छ । कार्यक्रम प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई