भीम रावलको पछी लाग्ने ६ जना नेता कार्वाहिमा


काठमाडौं । अछाममा पार्टी हित विपरीत काम गर्ने ६ जना जिल्ला कमिटीका नेताहरूलाई नेकपा एमालेले कारबाही गरेको छ ।
भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानको पक्षमा लागि पार्टी हित विपरीत काम गर्नेलाई पार्टी जिल्ला कमिटीले कारबाही गरेको हो । पार्टी जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले विज्ञप्ति जारी गरी पार्टीको विधान विपरीतका गतिविधिमा संलग्न भएकोले कारबाही गरिएको स्पष्ट पार्नुभएको छ ।
कारबाहीमा पर्नेमा जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर हुनुहुन्छ । उहाँलाई पार्टीको जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ । ‘मातृभूमि जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भई पार्टी र सम्माननीय प्रधानमन्त्री एवं पार्टी केन्द्रीय कमिटीका अध्यक्षविरुद्ध अलोकतान्त्रिक र अशोभनीय नाराबाजी गरिएको तथा पार्टीविरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेको प्रस्टै देखिन्छ,’ विज्ञप्तिमा लेखिएको ।
यस अघि पनि उहाँहरू पार्टी हित विरुद्धको गतिविधिमा लागेको विज्ञप्तिमा उल्लेख छ । त्यस बेला पार्टीप्रति पूर्ण प्रतिबद्ध रहने लिखित आत्मालोचनासहितको स्पष्टीकरण पेस गरेकाले एकटकका लागि कारबाहीको प्रक्रिया अगाडि नबढाउने निर्णय भएकोमा पुनः त्यस्ता गतिविधि दोहोर्‍याएकोले कारबाही गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस  
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौँ, २ फागुन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ

एमाले महासचिवको कडा स्टाटस

  काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण विरुद्ध अनेक खालका भ्रामक

वर्षमानजीसंगको फोनको कुरा

नेताहरुका वीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अव त

केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ : महासचिव पोखरेल

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई