पुर्व रास्ट्रपतिको आह्वान



१६ माघ , सुनसरी
कोशी प्रदेशका शैक्षिक सन्स्थाहरुले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन आउनु भएकी पुर्व रास्ट्रपति विधादेवि भण्डारिले जनताका साझा समस्याहरु प्रती सबै दल र नागरिक गम्भीर बन्नु पर्ने बताउनु भएको छ। इटहरी स्थित जनता उच्च माध्यमिक विधालयको ६८ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम र स्थानीय जनसमुदायले आयोजना गरेको अन्तर्क्रीया कार्यक्रमलाइ सम्बोधन गर्दै भन्डारिले आफ्नो ध्यान शिक्षा, रोजगारी , स्वास्थ्य र जलवायू परिवर्तनले निम्त्याएका समस्याहरुमा केन्द्रित रहेको बताउनु भयो। नेपाल प्रतिभाहरुको खानी भएकोले शिक्षा प्रणालिले प्रतिभाहरुलाइ देश भित्रै सेवा गर्न प्रेरित गर्न नितिगत पुनरावलोकन गर्नु पर्ने अवस्था रहेको उल्लेख गर्दै देशमा उत्पादित जनशक्ति देश भित्रै रहन सक्ने वातावरण सिर्जना हुनु पर्ने बताउनु भयो। शिक्षा र राजनिती एक अर्काका परिपुरक रहेकोले राजनैतिक सोच र नेतृत्वले शिक्षाको पुनर्संरचनामा यथेष्ट ध्यान दिनु पर्ने आवश्यकता औलाउनु भयो। नेपालको औपचारिक शिक्षाको इतिहास करिब १०० वर्श पुरानो रहेकोमा नेपालको शिक्षाले जुन रुपमा रास्ट्रीय सोच र आत्मनिर्भरता निर्माण गर्नु पर्ने हो त्यसमा अझै धेरै पहलकदमिहरुको आवाश्यकता रहेकोले सामुहिक जिम्मेवारी र ब्यक्तिगत इमान्दारिताले मात्र त्यसको परिपुर्ति गर्न सकिने कुरामा उहाको जोड थियो। विधालयको आधारभुत तह देखि नै बालबालिकालाइ उपयुक्त शैक्षिक, पारिवारिक र सामाजिक वातावरण प्रदान गर्दै आत्मनिर्भर, रास्ट्रप्रेमी र `स्मार्ट´ जनशक्ति निर्माण रास्ट्रको आवश्यकता भएकोले सबै राजनैतिक दलहरु, आम जनसमुदाय र बौद्धिक क्षेत्रको साझा सरोकारको विशय शिक्षा हुनु पर्ने उहाको भनाइ थियो। पढाइ, उधम र रोजगारिलाई एक अर्काको परिपुरक बनाउन सक्ने गरि नितिगत र सम्रचनात्मक सुधार , पाठ्यक्रम , पुर्वाधार र जनशक्तीको हालको अवस्थालाई मसिनो गरि पुनरावलोकन गर्नु पर्ने धारणा राख्नु भयो। सबल अर्थतन्त्र निर्माण नगरी आत्मनिर्भर बन्न नसक्ने भएकोले आत्मनिर्भरता र स्वाभिमानका लागि क्रीशी, वन पैदावार, खनिज, पर्यटन र हरित उर्जा उत्पादनमा ध्यान दिनु पर्ने बताउदै अहिलेको शिक्षा प्रणाली र राजनिति भित्र सीप, उधम र रोजगारी प्रमुख मुद्दा हुनु पर्ने उहाको भनाइ थियो। युवा जनशक्तीको पलायनले देशको समग्र आर्थिक , सामाजिक र राजनैतिक जनजिवनमा मात्र नभइ मुलुकको स्वाभिमान र स्वाधिनता नै प्रभावित हुने तर्फ आम जनसमुदाय सचेत हुनु पर्ने भन्दै उपयुुक्त वातावरण निर्माण गर्न सक्दा अहिले देखिएको जनशक्ति पलायलनलाई रोक्न सकिने बताउनु भयो। १२ कक्षा पास विधार्थीहरुले किन मुलुकका विश्वविद्यालय पढ्न छाडेर बाहिर जान खोजिरहेका छन भन्ने कुरा आम चासो र सरोकारको विषय हुनु पर्ने बताउदै कम्तिमा स्नातक तह सम्म नेपालमै पढनका लागि आफ्ना छोराछोरीलाई प्रेरित गर्न आम अभिभावकहरुलाइ अपिल गर्नु भयो। गुणस्तरका समस्याहरु नितिगत र सम्रचनात्मक सुधार मार्फत क्रमिक रुपले समाधान हुँदै जाने हुदा अहिलेको शिक्षाको गुणस्तरले मात्र विधार्थीहरुलाइ बाहिर जान प्रेरित नगरेको भन्दै बाहिर जाने भन्ने ` आम मनोवैज्ञानिक ´ धारणालाइ चिर्न अभिभावक , शिक्षक र नागरिक अगुवाहरुले साझा पहलकदमी लिन आह्वान गर्नु भयो। त्यसैगरी स्वास्थ्य सेवालाइ सर्वशुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य जनशक्ति र पुर्वाधार विस्तार गर्नु पर्ने आवश्यकता रहेको र स्वास्थ्य क्षेत्र का नर्सिङ्ग, MBBS, MD लगायतको पठनपाठनमा देखिएका नितिगत समस्याहरुलाइ तत्काल समाधान गर्नु पर्ने उहाको जोड थियो। नेपालका शैक्षिक सन्स्थाहरुले नर्सिङ्ग कार्यक्रमहरु सन्चालन र विस्तारमा नितिगत अवरोधहरु झेल्नुपरेकोले विधार्थिहरु सिमापारी गएर पैसा खर्च गएर पढ्नु परेको तथ्य औलाउदै यस्ता समस्याहरु समाधान गर्न सबै राजनैतिक दलहरु गम्भीर बन्नु पर्ने उहाको जोड थियो। त्यसैगरी जलवायु परिवर्तनका असरहरु देखिने र अनुभुत हुने मात्र नभइ जनजिवनमा प्रभावित पार्ने तह सम्म विस्तारित भैरहेको र जलवायू परिवर्तनको बैश्विक असरको मारमा नेपाल परेको हुदा विश्व मन्चमा नेपालको आवाज जोड सङ्ग मुखरित हुनु पर्ने उहाको भनाइ थियो। हिमालहरु पग्लिरहेका छन, हिमतालहरु जोखिममा छन, वालिनालिको उत्पादनमा ह्रास आएको छ, पानीका मुहानहरु सुक्दै छन, खडेरी , अति र अल्प वर्षा भैरहेको छ र आम जनजिवन प्रभावित छ। दुनियाले उत्सर्जन गरेको कार्बनले सिर्जित समस्याको ठूलो मारमा नेपाल परेको छ । यसको क्षतिपूर्ति कसरी गर्ने र चुनौतिको सामना कसरी गर्ने हाम्रो साझा सरोकारको विशय हो। उहाको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस  
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौँ, २ फागुन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ

एमाले महासचिवको कडा स्टाटस

  काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण विरुद्ध अनेक खालका भ्रामक

वर्षमानजीसंगको फोनको कुरा

नेताहरुका वीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अव त

केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ : महासचिव पोखरेल

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई