सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउन यो सरकार बनेको हो : महासचिव शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दल भित्र योगदान कम र अवसरको खोजी बढ्दै गएको बताउनुभएको छ ।
नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाडौंमा भएको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले यसले पार्टीमा अवसरवाद जन्मिएको बताउनुभयो । ‘यसले असन्तुष्टि बढ्छ, असन्तुष्टिले अराजकता बढाउँछ, अवसरवाद र अराजकता राजनीतिक आन्दोलनका बाधक हुन्, यी दुई कुरालाई परास्त नगरी हामी अघि बढ्न सक्दैनौँ’, उहाँले भन्नुभयो ।
अवसरवादलाई परास्त गर्न विचारलाई बलियो बनाउनु पर्ने उहाँले बताउनुभएको छ । ‘अवसरवादलाई परास्त गर्न वैचारिक र राजनीतिक आन्दोलनलाई अघि बढाउनु पर्दछ’, उहाँले भन्नुभयो ।
कुनै पनि संगठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने उहाँले बताउनुभयो । कुनै पनि उद्देश्यको लागि सांगठनिक शक्ति आवश्यक पर्ने पोखरेलले बताउनुभयो । ‘विचारले मात्रै हुँदैन, विचारलाई संगठनमा बदल्नु पर्छ, संगठनलाई उद्देश्यमा बदल्नु पर्छ’, उहाँले भन्नुभयो ।
नेपालमा काम जति नपढेका मानिसलाई लगाउने र पढेका मानिसहरू ठालु पल्टने संस्कार नै विकास भएको पोखरेलले बताउनुभयो । ‘काम जति नपढेका मान्छेलाई लगाउने, पढेका जति ठालु पल्टने, अन्त कतै यस्तो हुन्छ ?, के कारणले हाम्रो देश बनेन भन्ने कुरा यसैले पुष्टि गर्छ’, उहाँले भन्नुभयो ।
कुनै पनि देश छिटो विकास हुनको लागि स्वास्थ्य र शिक्षामा विकास गर्नुपर्ने उहाँको धारणा छ । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्र निक्कै कमजोर रहेको उहाँले बताउनुभयो । त्यसैले नेपालले स्वास्थ्य र शिक्षामा जोड दिनु पर्ने पोखरेलले बताउनुभयो ।
प्रविधि र आधुनिक यन्त्रको प्रयोग गरी देशमा उत्पादन बढाउनु पर्ने पोखरेलले बताउनुभयो । नेपालको भूगोल सुहाउँदो प्रविधि र यन्त्र उपकरण उत्पादन र प्रयोगले देशले तीव्र विकास हासिल गर्ने पोखरेलको भनाइ छ । सरकार फेरबदल भइरहने कुराले जुन रूपमा नेपाल अघि बढ्नु पर्ने हो त्यो हिसाबले अघि बढ्न नसकेको पोखरेलले बताउनुभयो ।
पुँजी निर्माण बिना राष्ट्रिय पुँजी नबन्ने बताउँदै उहाँले नेपालीले बचत संस्कृति विकास गर्नुपर्ने बताउनुभयो । नेपालीको बचत संस्कृति अति कमजोर भएको उहाँको धारणा छ ।
त्यस्तै राज्यलाई कर तिर्ने बानी नेपालीको अति कमजोर भएको उहाँले बताउनुभयो । ‘कर तिर्ने भन्दा कर नतिर्नेको जमात बढी छ, नेपालमा कर तिर्ने संस्कृति नै छैन’, उहाँले भन्नुभयो ।
विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको पोखरेलले बताउनुभयो । विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको पोखरेलको धारणा छ ।
देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएको कारण समस्यामा पर्न लागेकोले अहिले देशका ठुला दुई राजनीतिक दल मिलेर सरकार बनाएको उहाँले बताउनुभयो ।
नेपालमा साना पार्टीले ठुला पार्टीलाई घुर्क्याएर शासन गर्ने गलत संस्कार सुरु भएको उहाँले बताउनुभयो । म अरूको सहयोगमा प्रधानमन्त्री बनेको हुँ भन्ने कुरालाई समेत बिर्सिएर ठुला दल माथि माओवादीले शासन गर्न सुरु गरेपछि दुई दल मिलेका उहाँले स्पष्ट पर्नुभयो । हामी मिल्नु भनेको शासन गर्नको लागि मात्र होइन, अहिले सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउने, सुशासन कायम गर्ने र जनतामा बढ्दै गएको निशालाई चिर्नको लागि हामी मिलेका हौँ’, उहाँले भन्नुभयो ।
सरकारले ल्याएको अहिलेको अध्यादेश औचित्यको आधारमा ल्याएको अध्यादेश भएको उहाँले स्पष्ट पार्नुभयो । सरकार अध्यादेश ल्याउन मात्र होइन नयाँ कानुन बनाउन पनि केन्द्रित रहेको पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
सामाजिक सञ्जाल मार्फत सामाजिक अराजकता मच्चाइँदै छ :महासचिव शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने

एमालेको नीति : ८४ सम्म काँग्रेससँग सत्ता सहकार्य,चुनावमा आमनेसामने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस सँगको सत्ता सहकार्य ८४ को चुनावसम्म निरन्तर

मिर्गाैलासम्बन्धी उपचारमा नेपालले क्रमिक उपलब्धि हासिल गरेको छ ः प्रधानमन्त्री

  काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति

स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पु¥याएको छ ः प्रधानमन्त्री

  काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई