श्रमिकलाई न्यूनतम्भन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छ ः प्रधानमन्त्री


काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन पाइँदैन भन्नुभयो ।
श्रमिकको मन प्रशन्न नभईकन उद्योग–व्यवसायका काम सहजरुपमा अघि बढ्न नसक्ने जनाउँदै उहाँले श्रमिकहरु रोजगारदातामा रुपान्तरण हुन सक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।
“व्यवस्था परिवर्तनको आन्दोलनका क्रममा हाम्रा साथीहरु मारिएका थिए् तर हाम्रा उद्देश्यहरु मारिएका थिएनन् । हामीहरु जेल गएका थियौँ तर हाम्रा उद्देश्यहरु जेल गएका थिएनन् ।”, नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब हामी परिवर्तनको मर्म अनुसार अघि बढ्नुपर्छ । हामीले अन्तर्राष्ट्रिय मान्यताअनुसार संवादका माध्यमबाट सरकार, रोजगारदाता र श्रमिकलाई विन विन अवस्थामा ल्याउन सक्नुपर्छ । सरकारले तटस्थ बसेर निष्पक्ष निष्कर्ष निकाल्नुपर्छ ।”
उहाँले मिलेर बसेको नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने तथा काम गर्न खोज्नेविरुद्ध भ्रम र अवरोध सृजना गर्ने प्रवृत्तिलाई चिर्नुपर्ने आग्रह गर्दै व्यवस्था परिवर्तनपछि विकासको क्रम बढेको स्पष्ट गर्नुभयो । “हामीलाई कसैको अनावश्यक विरोधसँग मतलव छैन । नचाहिने प्रदूषित कुरा हामी बोकेर हिँड्दैनौँ । हामीलाई देशको विकास र परिवर्तन गर्नुछ । विरोधका लागि विरोध गर्ने प्रवृत्ति आफै सेलाएर जान्छ । यसमा मजदूर आन्दोलन विगतदेखि नै सचेत छ भन्नेमा म विश्वस्त छु ।”, प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस  
सामाजिक सञ्जाल मार्फत सामाजिक अराजकता मच्चाइँदै छ :महासचिव शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने

एमालेको नीति : ८४ सम्म काँग्रेससँग सत्ता सहकार्य,चुनावमा आमनेसामने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस सँगको सत्ता सहकार्य ८४ को चुनावसम्म निरन्तर

मिर्गाैलासम्बन्धी उपचारमा नेपालले क्रमिक उपलब्धि हासिल गरेको छ ः प्रधानमन्त्री

  काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति

स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पु¥याएको छ ः प्रधानमन्त्री

  काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई