एमाले भरपर्दो राजनीतिक शक्ति हो


 

२०६२/०६३ को जनक्रान्तिले चिहानमा दाहसंस्कार गरेको सामन्तवादको अस्तु लिएर केही प्रतिगामीहरु सलबलाउन खोज्दै छन् । उसले २५० बर्षसम्म सामन्ती लुटको स्वर्ग संझीरहेको छ । अझै पनि समन्तवादका अवशेषहरु जीवितै छन भने त्यसलाई बोक्ने राजनीतिक पार्टीहरु पनि रहेकै छन् । जबसम्म जनताको बहुदलीय जनवादले भने जस्तै सामन्तवादका अवशेषको समुल नष्ट गरी समाजवाद उन्मुख जनवादी व्यवस्थाको सुदृढीकरण गरिदैन तबसम्म वेला बखतमा सामन्तवादले चिहानको अस्तु बोकि रहन्छ ।

केही कथित लोकप्रियतावादीहरु समस्या सृजना गर्ने, समाधान नदिने र जनताको रगत पसिनाबाट बचत गरेको पैसामा मोजमस्ती मै रमाउदै “थाहा छैन भन्ने” र “जान्नेलाई छान्ने “अनौठो भाष्य बनाउदै जनतामा अराजकता र निराशाको भ्रम छर्न व्यस्त छन् ।

प्रगतिशील तथा वामपन्थी आन्दोलन भित्र विगतको उग्रवामपन्थी र अहिलेको दक्षिणपन्थी अवसरवाद , आन्दोलनलाई कमजोर बनाउनुका साथै अस्थिरतामा रमाउदै एमालेले विरुद्ध दक्षिणपन्थी र विदेशी प्रभुको सेवामा समर्पित भइरहेका छन् । त्यो कहिलेकाही संसदमा पनि प्रकट भएको देखिन्छ ।

आफुलाई लोकतन्त्र र उदार अर्थतन्त्रको वकालत गर्ने शक्ति विगतमा एमाले ताछ्ने अस्थिरताबाट शिक्षा लिदै एमालेसंग संयुक्त सरकारमा सामेल छ ।

यस्तो परिस्थितिमा राष्ट्र राष्ट्रियताको पक्षमा सधै सतिसाल झै उभिने ” समृद्ध नेपाल: सुखी नेपाली” को राष्ट्रिय आकांक्षा साथ नेकपा(एमालेले) संयुक्त सरकारको नेतृत्व गरिरहेको छ । उसले सबैखाले पछ्यौटे पनबाट मुलकलाई मुक्त गर्न चाहान्छ । एमालेको नेतृत्वमा बनेको सरकार अराजकता र अस्थिरताका पुजारीहरुलाई मन परिरहेको छैन ।
राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतासाथ उभिने अध्यक्ष केपी शर्मा ओली र एमाले विरुद्ध अहिले देशीविदेशी शक्तिहरुले चौतर्फी प्रहार गरिरहेका छन् । उनीहरूलाई लिपुलेक लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सा अर्थात नेपाको क्षेतफल र भूगोल बढेकोमा पेट पोलीरहेको छ , मन परेको छैन ।
भौतिक पूर्वाधारले गति लिएको मन परेको छैन् । उनीहरु चाहादैनन् मुलुकमा सुरुङ मार्ग बनुन , उनीहरु चाहादैनन् मुलुक रेलमार्गले जोडियोस । उनिहरुलाई मन पर्दैन पूर्वपश्चिम / उत्तर दक्षिण फराकिला र सजिला राजमार्ग बनुन , ठूलाठूला सिचाइ आयोजनाहरु सम्पन्न हुन सकुन् , मुलुकले शिक्षा, स्वास्थ , कृषमा आत्मनिर्भर बनोस् , ठूलाठूला उद्योग कलकारखाना खुलुन , रोजगारीको सृजना होस तथा आम रुपमा मुलुक समृद्ध बनोस् ।
हिजो यिनीहरूले केपी शर्मा ओलीको सरकार त्यसै ढालेका हैनन् ।
केपी शर्मा ओलीको नेतृत्वमा २०७२ को भुकम्पले तहसनहस पारेका सर्वसाधारण जनताका नीजि आवास ७५००००, विद्यालय ७५५३ , स्वास्थ्य संस्था ७५१ , सरकारी कार्यालय ७५४ , धरहरा , हनुमानढोका , काष्ठमण्डप , रानिपोखरी लगायत काठमाडौ , भक्तपुर र पाटनका सांस्कृतिक ऐतिहासिक सम्पदाहरुको पुनः निर्माण भए । लाखौं जनताका खर र फुसका छाना हटाएर घरमा टिनको छाना राखियो ।
केपी ओलीले भारतको नाकाबन्दीको डटेर सामना गरे भने चीनसँग ऐतिहासिक पारवहन संझौता गरे ।

उनीहरु चाहदैनन् समाजवाद उन्मुख सामाजिक सुरक्षा योजना , स्वस्थ्य बिमा तथा लक्षित समुदायसंग सम्बन्धित सामाजिक सुरक्षा भत्ता जस्ता कार्यक्रमहरु । उनीहरूलाई मन पर्दैन भूभिहिन दलित र गरिब तथा सुकुम्बासीले जग्गा पाएको साथै अव्यवस्थित बसोबास व्यवस्थित भएको , उनीहरुले भूमि ऐन सम्बन्धि अध्यादेशको विरोध त्यसै गरेका होइनन् ।
यि तथ्यबाट के पुष्टि हुन्छ भने मुलुकलाई समृद्ध बनाउन काम नेपाली जनताको सहयोगमा एमालेले मात्र गर्न सक्छ । त्यसैले त नेकपा( एमाले) नै नेपाली जनता र नेपाल राष्ट्रको भरपर्दो राजनीतिक शक्ति हो ।

प्रतिक्रिया दिनुहोस  
कमजोर राज्यमा नागरिक बलिया बन्न सक्दैनन् : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने टिप्पणी गरेका

सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका छन ः प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र

एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएको कारण उहाँ माथि आक्रमण भइरहेको छ ः सुनिता डङ्गोल

  काठमाडौं । काठमाडौं उपमहानगरपालिका उप प्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय

अब नेपाल अगाडि बढ्यो बढ्यो, यसको ग्यारेन्टी हामी गर्छाैँ : केपी शर्मा ओली

आज हाम्रो पार्टीले ७६ वर्ष पूरा गरेर ७७ औं वर्षमा प्रवेश गर्दैछ । हामीले संघर्षका,

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई