जनप्रदर्शन प्रतिगमनको कुप्रयासका विरुद्धको सकारात्मक पहल : महासचिव शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिपक्षमा रहेको समाजवादी मोर्चाले शुक्रबार गणतन्त्रको पक्षमा गर्न लागिरहेको जनप्रदर्शन प्रतिगमनको कुप्रयासका विरुद्धको सकारात्मक पहल भएको बताउनुभएको छ ।
राजनीतिक दलले एक आपसमा प्रतिष्पर्धा र आलोचना गर्ने बताउँदै पोखरेलले जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्दछ भने त्यसको डटेर सामना गर्नुपर्ने उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले इतिहासले धेरै पटक यस्तो तथ्य प्रमाणित गरेको लेख्नु भएको छ ।
अहिलेको युग जनसचेतनाले सुसम्पन्न लोकतन्त्रको युग भएको कुरा कसैले बिर्सन नहुने उहाँले उल्लेख गर्नुभएको छ । ‘राजनीतिक दलहरू आपसमा प्रतिस्पर्धा गर्दछन्, एक अर्काको आलोचना र विरोध पनि गर्दछन्, जनअभिमतबाट आफूलाई स्थापित गर्ने कोसिस समेत गर्दछन्, तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्दछ भने त्यसको डटेर सामना पनि गर्दछन् । इतिहासले धेरै पटक यस्तो तथ्यलाई प्रमाणित गरेको छ, त्यसमाथि अहिलेको युग जनसचेतनाले सुसम्पन्न लोकतन्त्रको युग हो’, पोखरेलले लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस  
सरकार ढल्छ भन्नेहरु गल्न थालेका छन् : प्रधानमन्त्री

काठमाडौँ, १३ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका

नेपालको राजनीतिमा नेकपा एमालेलाई कमजोर देखाउने कोसिस भइरहेको छ ः वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

  काठमाडौं, वैशाख १३ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल

कमजोर राज्यमा नागरिक बलिया बन्न सक्दैनन् : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने टिप्पणी गरेका

सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका छन ः प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई