रवि लामिछाने पक्राउ परेपछि एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानुन सबैको लागि बराबर हुने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अदालतले थुनामा राख्ने आदेश दिएपछि शुक्रबार राति लामिछानेलाई प्रहरी घरमा नै गएर पक्राउ पुर्जी काटेको विषयलाई लिएर रास्वपाका नेताहरूले षडयन्त्र भएको लगायतका टिप्पणी गरेपछि महासचिव पोखरेलले प्रहरीको पक्राउ पुर्जी काट्ने रीतिथिति लामिछाने गृह मन्त्री हुँदा पनि त्यस्तै भएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले गृह मन्त्री भइसक्नु भएका रवि लामिछाने र रास्वपा नेताहरू यस विषयमा जानकार नै भएका उल्लेख गर्नुभएको छ । आफूलाई पर्दा मात्र सुधारको खोजी गर्नुको कुनै अर्थ नहुने उहाँले स्पष्ट पार्नुभएको छ । ‘प्रहरीको पुर्जी काट्ने ‘रीति र थिति’ रविजी गृह मन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै भएन, तर पनि सुधारको खोजी यस्तै वेलामा हुने त हो नि’, पोखरेलले लेख्नु भएको छ ।
रास्वपा सभापति रवि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा उच्च अदालतले थुनामा राखेर कारबाही अघि बढाउन शुक्रबार आदेश दिएको थियो । यस अघि जिल्ला अदालतले धरौटीमा छाड्ने गरी दिएको आदेशलाई उल्टाउँदै उच्च अदालतले सो आदेश दिए लगत्तै शुक्रबार साँझ लामिछानेलाई प्रहरीले बुढानीलकण्ठ स्थित उहाँको घरमा नै गएर पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस  
कमजोर राज्यमा नागरिक बलिया बन्न सक्दैनन् : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने टिप्पणी गरेका

सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका छन ः प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र

एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएको कारण उहाँ माथि आक्रमण भइरहेको छ ः सुनिता डङ्गोल

  काठमाडौं । काठमाडौं उपमहानगरपालिका उप प्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय

अब नेपाल अगाडि बढ्यो बढ्यो, यसको ग्यारेन्टी हामी गर्छाैँ : केपी शर्मा ओली

आज हाम्रो पार्टीले ७६ वर्ष पूरा गरेर ७७ औं वर्षमा प्रवेश गर्दैछ । हामीले संघर्षका,

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई