प्रधानमन्त्री केपी शर्मा ओलीले आज मदेसको भ्रमणमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मदेसको भ्रमणमा निस्कँदै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले आज मधेस प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको सम्बोधनका लागि प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठक बोलाएको छ । प्रधानमन्त्रीले ११ः३० बजे बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रदेश सभा बैठकलाई सम्बोधन गरेपछि आजै प्रधानमन्त्रीले सहिद हेमनारायण यादवको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सिराहा सदरमुकाममा रहेको हेमनारायण यादवको सालिकमा माल्यार्पण गरिसकेपछि सूर्यनारायण सत्यनारायण मोरवैता क्याम्पसमा आयोजना हुने सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभा १ः४० बजेपछि हुने छ ।