
आज हाम्रो पार्टीले ७६ वर्ष पूरा गरेर ७७ औं वर्षमा प्रवेश गर्दैछ । हामीले संघर्षका, बलिदानका र सफलताका ७६ वर्षहरु पार गरेका छौं । ७६ वर्ष गौरवका वर्षहरु, उपलब्धिका वर्षहरु पार गरेका छौं ।
हामीले आन्दोलनलाई एउटा पुुस्ताबाट अर्को पुुस्तामा हस्तान्तरण गरिसकेका छौं । अथवा अहिले संस्थापनकालको पुुस्ता अब लगभग बाँकी रहेन । त्यसभन्दा पछिको पुुस्ता संघर्षको मैदानमा छ । संस्थापनकालमा कलिलो उमेर भएका साथीहरु त हुनुुहोला । तर, संस्थापनकालमा अलिक वयश्क भइसकेका साथीहरुको एकाध संख्याबाहेक त्यो संख्या बाँकी रहेन । यो वार्षिकोत्सव साँच्चै नै गौरव गर्न लायकको र इतिहाससहितको वार्षिकोत्सव भएको छ ।
नेत्रलाल अभागीले ‘सतिसाल’ भन्ने कविता लेखेर भन्नुुभएको थियो, ‘आँधीहुरीका बेला सतिसाल मात्रै ठिङ्ग उभिन सक्छ ।’ कतिपय तत्वहरु अप्ठ्यारा परिस्थितिहरुमा अलिकति आन्दोलनमा धक्का लाग्यो भने कताबाट निस्किएर भागौं भन्ने अवस्थामा हुन्छ । तर, आज नेकपा (एमाले) बनेको यो पंक्ति एउटा गौरवपूर्ण इतिहासबाट इतिहासलाई जोगाएर, इतिहासको झण्डालाई उठाएर, उद्देश्यका झण्डाहरुलाई उठाएर दृढताका साथ अगाडि बढ्दै यहाँ आइपुुगेको छ ।
यस आन्दोलनले राष्ट्रियताको झण्डालाई सबैभन्दा प्रखर ढंगले र गौरवपूर्ण ढंगले उठाएको छ । अरु कसैलेभन्दा दृढताका र स्पष्टताका साथ के हो राष्ट्रियता ? हाम्रो राष्ट्रिय हित भनेको के हो ? राष्ट्रिय हितलाई कसरी परिभाषित गर्ने ? अर्घेलो राष्ट्रियहित, आफ्नो देशलाई मात्रै फाइदा हुने अन्यायपूर्ण राष्ट्रियहितको दृष्टिकोण, अहंकारी राष्ट्रियहितको दृष्टिकोण, स्वार्थी राष्ट्रियहितको दृष्टिकोण वा न्यायपूर्ण, अन्तर्राष्ट्रिय, मानवीय उत्तरदायित्वसहितको राष्ट्रिय दृष्टिकोण, यसमा हाम्रो पार्टी सदैव न्याय र समानतासहितको, न्याय भन्नाले समानता त्यसैभित्र पनि पर्छ र अन्तर्राष्ट्रिय उत्तरदायित्वसहितको राष्ट्रियहितको झण्डलाई माथि उठाउँदै आएको छ । राष्ट्रको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र विभिन्न प्रकारका राष्ट्रियहितहरु र राष्ट्रिय गौरव र हाम्रो इतिहासको गौरव, हाम्रा पूर्खाहरुको गौरवको झण्डा माथि उठाउँदै आएको छ । एउटा प्रमुख विशेषता यो बनेको छ र आज नेपालमा राष्ट्रिय चेतना जुन छ, त्यसको प्रतिनिधित्व र त्यसको एक ढंगले भन्ने हो भने राष्ट्रिय गुरुको काम नेकपा (एमाले)ले गरेको छ ।
आज सात जना साथीहरुलाई हामीले सम्मान गरेका छौं । जसमध्ये एकजनालाई मरोणपरान्त सम्मान गरेका छौं । उहाँहरु इतिहास बोकेर आउनुुभएको छ । त्यो गौरवपूर्ण इतिहास बोकेर आउनुुभएको छ । आज सम्मानित गरिएका साथीहरु मध्ये लगभग २०१४ सालदेखिको इतिहास बोक्नुुभएका वाचस्पति देवकोटा, त्यसपछिको इतिहास बोक्दै आउनुुभएका साथीहरु सम्मानित हुनुुभएको छ । आज पार्टीले सम्मान गरेको छ, म फेरि पनि उहाँहरुप्रति आदर सम्मान व्यक्त गर्न चाहन्छुु । उहाँहरुको योगदानको प्रशंसा गर्न चाहन्छुु, उहाँहरुका कार्यहरुको प्रशंसा गर्न चाहन्छुु, उहाँहरुले दिनुुभएका योगदानको कदर गर्न चाहन्छुु र उहाँहरुका अनुशरणीय कामको सिक्न पर्ने कुराहरु हामीले सिक्दै अगाडि बढ्नुुपर्छ भन्ने कुराहरु पनि राख्न चाहन्छुु । यसअघि पनि हामीले सम्मान गरेका छौं, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गतवर्ष गणतन्त्र गौरवको सम्मानले विभूषित गरेका थियौं । हाम्रो पार्टीको तर्फबाट प्रदान गरिने सबैभन्दा ठूलो र सबैभन्दा महत्वपूर्ण सम्मान गणतन्त्र गौरव हो । त्यसबाट हामीले उहाँलाई सम्मान गरेका थियौं । अरु साथीहरुलाई अघिल्ला वर्षहरुमा हामीले सम्मान गरेका थियौं । सबै साथीहरुप्रति म सम्मानभाव व्यक्त गर्न चाहन्छुु । अहिले पनि सातजना साथीहरु छान्नुु सजिलो कुरा थिएन । आन्दोलनमा योगदान गर्ने साथीहरु ७६ वर्षमा बहुत धेरै हुनुहुुन्छ । बहुत धेरै साथीहरुले योगदान गर्नुभएको छ । म अगाडि नै हेर्छुु, सम्मान गरुँगरुँ लाग्ने थुप्रै साथीहरु, सम्मान गर्नुपर्ने धेरै साथीहरु बसिरहनुुभएको छ । तर, अब हामी एकैचोटी धेरै ठूलो संख्यामा सम्मान गर्न पनि सक्दैनौं । त्यसले सम्मानलाई फेरि फिक्का बनाउँछ । त्यसकारण सम्मान गर्नुपर्ने साथीहरुलाई पनि अर्को पटकका लागि छोडेर केही साथीहरुलाई यसपटक सम्मान गरेका छौं । सम्मानित साथीहरुको संख्या सात जनाभन्दा माथि जानुु वाञ्छनीय पनि हुँदैन । हरेक साल हामीले यस परिपाटीलाई पार्टी स्थापनाका दिन निरन्तरता दिनेछौं ।
आज केही पुुस्तकहरु विमोचित भएका छन् । अहिले अन्तिममा विमोचित भएको पुुस्तक बालाराम शर्माजीको मैले सरसर्ती बीचमा पल्टाएर हेरेँ, भर्खर विमोचित भएको सेल्टरजस्तै उहाँको पनि जेल डायरी रहेछ । मैले पल्टाएको पातामा उहाँहरु गिरफ्तार भएको र ५० जना जति अट्ने कोठामा ३६९ वा ३७० जना कोचेर राखिएको कुराको वर्णनको पेजमा आँखा पर्यो । बग्गीखानामा एउटा कोठा ५० जना जति अट्ने थियो, हामी ३६९÷३७० जना कोचिएर राखिएको मैले हेरेको थिए । अथवा हाम्रा दुुःखका स्मृतिहरु छन्, कठीनाइका स्मृतिहरु छन्, अप्ठ्याराका छन् । साथीहरु प्रायः, गिरफ्तारी नखाएका कमै साथी हुनुुहोला, हिरासत नभोगेका कमै साथी हुनुहोला, अलिअलि मुद्दा नखेपेका पनि कमै साथीहरु हुनुुहोला, आलोचना, विरोध र लाञ्छना नसहेका पनि कमै साथीहरु हुनुुहोला । लाञ्छना विरोध पनि सहेरै आउनुुभएको होला । गाली खानका लागि कुनै गल्ती गर्नु पर्दैन भन्ने उदाहरण चाहिँ अहिले गल्ती गर्नेहरुले, अपराधीहरुले, समाज बिर्गानेहरुले, राष्ट्रलाई नोक्सान पार्न खोज्ने तत्वहरुले राम्रो काम गर्नेहरुलाई नै सबैभन्दा चर्को गरी घेराबन्दी र विरोध गर्ने काम गरिरहेका छन् । यसमा विभिन्न प्रकारका शक्तिहरु सामेल भइरहेका छन् । विरोधीहरुले खुुब संगठित ढंगले घेराबन्दी र हमला गर्छन् ।
“अनि हाम्रै साथीहरुमा पनि कताकति फेरि यत्तिकै यो विरोध भएको हो त, यत्तिकै विरोध त भएको होइन होला नि भन्ने खालका पनि कताकता भ्रममा पर्न खोजेको हो कि, त्यो भ्रममा सामेल हुन खोजेको हो ?विभिन्न प्रकारका वैदेशिक शक्तिहरुले हाम्रो पार्टीलाई समर्थन गरिराखेका छैनन्, यहाँ नेतृत्वले केही गल्ती त गरेन ? यो राष्ट्रियताका सम्बन्धमा सवाल उठाएर विरोधको सामना गरिराखेको छ, यो जनताका सवाल उठाएर, अग्रगमनका कुरा उठाएर आलोचनाको तारो भइराखेको छ, आलोचनाको तारो नहुने नेता पो खोज्नुुपर्छ कि ?”
नबुुझिनेगरी त्यस्ता आशंका उठाएर बोल्ने गरेको पनि पाइएको छ ।
हामीले आन्दोलनका उद्देश्य छोड्दियौं, राष्ट्रियताको मुद्दा छोड्दियौं, यी इस्युुहरु छोड्दियौं, राष्ट्रिय हितमा अड्न छोड्यौ, राष्ट्रिय गौरवका कुरा गर्न छोड्यौ, अग्रगामी बाटो लिन छोड्यौ भने त हाइहाइ भइहाल्छौं नि । म पनि जेठ महिनाभित्र हाइहाइ हुन खोज्ने हो भने प्रशस्त हुन सकिन्छ नि । मैले गति छाडें भन्दिने हो भने हाइहाइ गरिहाल्छन् नि, यस्तो पो हुनुपर्छ नि भनेर । तर, हाम्रो पथ त्यो होइन । हामी एउटा महान् परिवर्तनको उद्देश्यमा लागेका छौं । हाम्रो जिम्मेवारीको क्षेत्र भनेको पहिलो यस राष्ट्र हो । यस राष्ट्रमा गरिबी निवारण गर्ने, देशमा सुशासनयुक्त लोकतान्त्रिक गणतन्त्रलाई फलाउने, पूmलाउने, सही अर्थमा के हो लोकतान्त्रिक गणतन्त्र कस्तो हुनुुपर्छ भन्ने नमुना स्थापना गर्ने र सुुशासन र विकासको गतिलाई अगाडि लाने, समृद्ध नेपाल र सुखी नेपाली बनाएर छोड्ने, यो चानचुने नारा होइन । समृद्ध नेपाल सुखी नेपाली भनेको– नेपाल समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुुपर्दछ । योभन्दा माथिल्लो उद्देश्य अर्को केही हुँनै सक्दैन । हामी जुनसुकै वाद भनौं, जुुनसुुकै समाजवाद भनेपनि हामीले सजिलो भाषामा समाजवाद भन्ने शब्दभित्र अनेकथरी तत्वहरु त्यसभित्र समेटिएका छन्, अटाएका छन्, त्यसलाई बोकेको अभिनय गरेका छन् । हामीलाई समाजवाद भनेर मात्रै पुुगेन । हामीले जनताले बुुझ्नेगरी भन्नुु प¥यो, समृद्ध नेपाल सुखी नेपाली । नेकपा (एमाले) बाहेकका अरु पार्टी समृद्ध नेपाल हुनुुपर्छ र सुखी नेपाली हुनुपर्छ भनेरभन्दा किन बोल्न सक्दैनन्, यिनका मुखबाट किन त्यो वचन निस्किन सक्दैन ? नेपाल समृद्ध हुनुपर्छ, नेपाली जनता सुखी हुनुुपर्छ, किन बोल्न नसकेको होला ? के अड्किन्छ होला घाँटीमा ? सुखी नेपाली भन्दा केले बोल्न नदिएको होला ? सुखी नेपाली भन्न किन नमिलेको होला ? यसको जवाफ उहाँहरुले नै दिनुुहोला ।
हाम्रो पार्टी बहुत स्पष्टताका साथ समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यमा अगाडि बढ्छ । हामी समाजको पछौटेपन हटाउन चाहन्छौं । आधुनिक, समृद्ध, समतायुक्त र सुशासनयुक्त देश बनाउन चाहन्छौं । जहाँ शान्ति चाहिएको छ, जहाँ समानता छ, जहाँ हरेक मानिस कुनै भय नभएको वातावरणमा, डर त्रास नभएको वातावरणमा, भयमुक्त वातावरणमा बाँच्न सक्छ, हामी त्यस्तो चाहन्छौं र सम्मानित जीवन बाँच्न पाउनुु पर्छ । हाम्रो समृद्धि हरेक परिवारमा आम्दानी र खर्चको स्थिति, आम्दानीले खर्च पुु¥याएर, आवश्यक र अत्यावश्यक खर्चहरु पुु¥याएर बचतको स्थितिमा जब हरेक परिवार पुुग्छ, देश स्वतः समृद्ध हुन्छ । बढी आम्दानी हरेक जनताले गरेपछि वा हरेक वयश्क काम गर्ने उमेरको मान्छेले राम्रो आम्दानी ग¥यो भने राम्रो ट्याक्स तिर्छ, राम्रो ट्याक्स तिर्यो भने सरकार मजबुुत हुन्छ । सरकारले विकास निर्माणका थुुप्रै राष्ट्रिय÷क्षेत्रीय र स्थानीय क्रियाकलापहरु गर्न सक्छ । सरकार बलियो भयो भने सक्छ । हामी त्यसरी जनतालाई बलियो बनाउन चाहन्छौं । जनता बलियो भएपछि सरकार बलियो हुन्छ, हामी सरकार बलियो बनाउन चाहन्छौं । हामी त्यस गन्तव्यमा अथक ढंगले आएका छौं ।