शिक्षक महासंघसँगको वार्ता सहमति नजिक
काठमाडौं । शिक्षक महासंघ र सरकारबीचको वार्ता सहमतिको नजिक पुगेको छ । हिजो मध्यरातमा भएको छलफल सकारात्मक भएको शिक्षामन्त्री रघुजी पन्तले वताउनु भयो ।
वार्तास्थलमै रहेका एक अधिकारीका अनुसार सहमतिको ड्राफ्ट बनिसकेको छ । त्यसलाई आन्तरिक छलफल गर्ने भन्दै महासंघका नेताहरूले लिएर जानुभएको छ । आज अन्तिम रूप दिने तयारी छ ।