श्रमलाई सम्मान गरौँ,श्रमिकलाई सम्मान गरौँ :महासचिव शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले श्रम र श्रमिकलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै पोखरेलले श्रम र श्रमिकको सम्मान गर्न आह्वान गर्नुभएको छ । ‘श्रमलाई सम्मान गरौँ,श्रमिकलाई सम्मान गरौँ’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेख्नु भएको छ ।
पोखरेलले मजदुर दिवसको अवसरमा सम्पूर्ण मजदुरलाई शुभकामना दिनुभएको छ । ‘अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सबै श्रमजीवी र कर्मजीवीलाई शुभकामना’, उहाँले लेख्नु भएको छ ।