श्रमिकको पसिनाले, समाज बाँचेको छ :प्रधानमन्त्री केपी शर्मा ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम र श्रमिकलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले श्रमिकको पसिनाले देश अघि बढेको बताउनुभएको छ । ‘देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेख्नु भएको छ ।
श्रमिकको लागि सामाजिक सुरक्षाको कार्यक्रम सुरु गर्दा आफूले आलोचना सहनु परेको उल्लेख गर्दै ओलीले आज २० लाख भन्दा बढी श्रमिकले सो योजनाबाट भरोसा पाएका उल्लेख गर्नुभएको छ । ‘श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गर्‍यौँ, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्यो, तर आज ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन्, अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ’, ओलीले लेख्नु भएको छ ।
यो कार्यक्रमले श्रमिकको सुरक्षामा योगदान पुगेको उहाँको धारणा छ । ‘छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन-श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदै छौँ, श्रमलाई सम्मान गरौँ श्रमिकलाई सम्मान गरौँ, जय श्रमिक, जय देश’, उहाँले लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस  
अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीमा व्यस्त

काठमाडौं, जेठ ८ अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको

शंकर पोखरेलको टिप्पणी : राजावादीले गर्ने आन्दोलन जनता विरूद्वको हो

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका

अनेरास्ववियुको झण्डा सगरमाथामा

विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाले अनेरास्ववियुको झण्डा सगरमाथामा पुरयाउनु भएको छ । त्यसैलाई लिएर

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घको हानीनोक्सानी कोषका कार्यकारी निर्देशकद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको हानीनोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज)का

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई