मण्डलेहरूले परिवर्तन प्रति अनास्था पैदा गर्ने काम गरिहरेका छन ःमहासचिव शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेको विकासमा निरन्तर नेतृत्व गरिरहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा बिहीबार जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले एमालेले ल्याएको विकासको अवधारणले नै देश विकास र समृद्धिको बाटोमा अघि बढेको बताउनुभयो । एमालेले ल्याएका सामाजिक सुरक्षाका कार्यक्रमले देशमा धनी र गरिब बिचको खाडल पुरिएको उहाँले जानकारी दिनुभयो । ‘हामीले छोटो समयमा समानताको यात्रा तय गरेका छौँ, नेपाली जनतामा धनी गरिब बिचको खाडल पुर्ने कुरामा हामीले छोटो समयमा ठुलो उपलब्धि प्राप्त गरेका छौँ’, उहाँले भन्नुभयो ।
नेपालको अर्थतन्त्र विकासमा सबैभन्दा बढी भूमिका श्रमजीवी वर्गको रहेको उहाँले बताउनुभयो । श्रमजीवी वर्गलाई संगठित गर्ने र अधिकार प्रदान गर्ने आन्दोलनको नेतृत्व जिफन्टले गरेको भन्दै उहाँले धन्यवाद दिनुभयो । जति बेला एमाले सरकारमा पुग्छ, त्यति बेला श्रमजीवी वर्गको हकको पक्षमा कानुन र कार्यक्रम ल्याउने गरेको उहाँले सुनाउनुभयो ।
एमाले मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा निरन्तर लागिरहेको पनि पोखरेलले बताउनुभयो । केपी ओलीले प्रधानमन्त्री हुँदा अघि सारेको नेपालको परराष्ट्र नीति र विकास नीति परम्परागत सोच भन्दा फरक रहेका उहाँले दाबी गर्नुभयो । एमालेको यो नीति भविष्यको लागि आधारशिला भएको पोखरेलले बताउनुभयो ।
उहाँले अहिले पनि देशमा सोचे जस्तो विकास हुन नसकेको बताउनुभयो । अहिले पनि रोजगारीको लागि युवा विदेश जाने कुरालाई रोकेर देशमामा कृषिजन्य उत्पादनको क्षेत्रमा बढोत्तरी गर्नुपर्ने पोखरेलको धारणा छ ।
पोखरेलले आज प्रतिगामी मण्डलेहरूले परिवर्तन प्रति अनास्था पैदा गर्ने काम गरिहरेका बताउँदै उहाँले त्यसको श्रमजीवी वर्गले प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो । स्वतन्त्रलाई समृद्ध लोकतन्त्रको रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीमा व्यस्त

काठमाडौं, जेठ ८ अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको

शंकर पोखरेलको टिप्पणी : राजावादीले गर्ने आन्दोलन जनता विरूद्वको हो

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका

अनेरास्ववियुको झण्डा सगरमाथामा

विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाले अनेरास्ववियुको झण्डा सगरमाथामा पुरयाउनु भएको छ । त्यसैलाई लिएर

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घको हानीनोक्सानी कोषका कार्यकारी निर्देशकद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको हानीनोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज)का

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई