सबै सरकारी कार्यालयमा इ–गभरमेन्स पुग्यो भने भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने छ :सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले  नेपालका सबै भागमा इन्टरनेट र मोबाइल सेवा पुग्नु पर्ने बताउनुभएको छ ।

आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश दिँदै गुरुङले यसले सुशासन अभिवृद्धि र नागरिकले पाउने सेवा सहज हुने बताउनुभएको छ । आइटी क्षेत्रलाई प्रभाकारी बनाउने यसको भौतिक संरचना निर्माण र विस्तार अति आवश्यक रहेको उहाँको धारणा छ । सबै राजमार्ग, सबै पालिका तथा वडासम्म फोन र इन्टरनेट सेवा पुग्नु पर्ने उहाँको धारणा छ । सबै सरकारी कार्यालयमा इ–गभरमेन्स पुग्यो भने भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

सरकारले सूचना प्रविधि र त्यसको सम्बन्धी नीतिहरू बनाउनु लागेको उहाँले जानकारी दिनुभयो । नीति र कानुनी व्यवस्था गरेर त्यसको आधारमा अघि बढ्नु पर्ने उहाँको धारणा छ । ‘आजको युग सूचना प्रविधिको युग हो भन्ने कुरा हामी सबैलाई थाहा छ, सूचना प्रविधिलाई कसरी नेपालको समृद्धिमा प्रयोग गर्ने, कसरी व्यवहारमा रूपान्तरण गर्ने भन्ने कुरामा सबैभन्दा पहिला नीति बनाउनु पर्छ’, उहाँले भन्नुभयो ।

जनतालाई छिटो छरितो सेवा प्रवाह गर्न पनि सञ्चार प्रविधिको महत्त्व हुने उहाँले बताउनुभयो । यसले सरकारको राजश्व वृद्धिमा पनि सहयोग पुग्ने गुरुङको धारणा छ ।

प्रतिक्रिया दिनुहोस  
अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीमा व्यस्त

काठमाडौं, जेठ ८ अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको

शंकर पोखरेलको टिप्पणी : राजावादीले गर्ने आन्दोलन जनता विरूद्वको हो

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका

अनेरास्ववियुको झण्डा सगरमाथामा

विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाले अनेरास्ववियुको झण्डा सगरमाथामा पुरयाउनु भएको छ । त्यसैलाई लिएर

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घको हानीनोक्सानी कोषका कार्यकारी निर्देशकद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको हानीनोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज)का

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई