प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्यम गर्ने युवाको साथमा रहेको बताउनुभएको छ ।


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्यम गर्ने युवाको साथमा रहेको बताउनुभएको छ ।
उद्यमशीलता प्रवर्धनको लागि सरकारले उद्यमीलाई स्टार्टअप कर्जाको कार्यक्रम ल्याएको जानकारी दिनुभएको छ । यस आर्थिक वर्षमा युवाले सञ्चालन गरेका ६ सय ६१ परियोजना स्टार्टअप कर्जाका लागि छनोट भएका सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीले जानकारी दिनुभएको छ ।
उद्यमशीलता र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको नीति अनुरूप औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको ओलीले जानकारी दिनुभयो । ‘यस आर्थिक वर्षमा युवाहरूले सञ्चालन गरेका ६ सय ६१ परियोजना स्टार्टअप कर्जाका लागि छनौट भएका छन्, उद्यमशीलता र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको नीति अनुरूप औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना जारी गर्दै ६ सय ६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको छ’, ओलीले लेख्नु भएको छ ।
सो परियोजनामा सहभागी हुन अनलाइन र भौतिक रूपमा उपस्थित भई ५ हजार १ सय ५८ उद्यमीले दर्ता गरेका प्रस्ताव मध्येबाट १ हजार ३ सय १४ उद्यमीले परियोजनाको प्रस्तुतीकरण गरेकामा ६ सय ६१ वटा छनौट भएका हुन् । उनीहरूले २५ लाख रुपैँयासम्म कर्जा पाउने छन् । ‘यसले उद्यमशीलतालाई प्रवर्द्धन गर्न मद्दत पुग्ने छ’, ओलीले लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस  
अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीमा व्यस्त

काठमाडौं, जेठ ८ अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको

शंकर पोखरेलको टिप्पणी : राजावादीले गर्ने आन्दोलन जनता विरूद्वको हो

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका

अनेरास्ववियुको झण्डा सगरमाथामा

विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाले अनेरास्ववियुको झण्डा सगरमाथामा पुरयाउनु भएको छ । त्यसैलाई लिएर

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घको हानीनोक्सानी कोषका कार्यकारी निर्देशकद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको हानीनोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज)का

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई