एमाले नै देशको प्रमुख शक्ति भएकाले रास्वपा परित्याग गरी एमालेमा प्रवेश


काठमाडौं, १ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको रावाबेँसी गाउँपालिका कार्यसमितिका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश गर्नुभएको छ ।
एमाले रावाबेँसी गाउँपालिका कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रममा पाण्डे एमालेमा प्रवेश गर्नुभएको हो । पाण्डेलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज विशाल भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई, रावाबेँसी गाउँपालिका पूर्व अध्यक्ष लीलानाथ निरौला र गाउँपालिकाकी उपाध्यक्ष कौशिला गुरुङ लगायतले पार्टीमा स्वागत गर्नुभयो । भट्टराईले पाण्डेलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउनुभयो ।
एमाले नै देशको प्रमुख शक्ति भएकाले रास्वपा परित्याग गरी एमालेमा प्रवेश गरेको पाण्डेले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरण मुछिएर जेल चलान भएको बताउँदै उहाँले राजनीतिमा अपरिपक्व रहेकोले मुलुकको नेतृत्व गर्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न एमालेका कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नु पर्छ ः उपमहासचिव ज्ञवालीले

नेकपा एमालेको उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा

विद्या भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउने चाहना व्यक्त गर्नुभएको छैन ः शेरधन राई

काठमाडौं- नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

  नेपाल कम्युनिष्ट पार्टी एमाले  निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने

संवैधानिक पदाधिकारी नियुक्ति विवादको फैसला असार १८ मा गर्ने

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी चार वर्षअघिको विवादमा सर्वोच्च अदालतले आज पनि निर्णय दिन

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई