शंकर पोखरेलको टिप्पणी : राजावादीले गर्ने आन्दोलन जनता विरूद्वको हो



दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका विरूद्व भएको टिप्पणी गरेका छन् । ४१ औं नेत्रलाल पौडेल अभागी स्मृति दिवसलाई सम्बोधन गर्न गृह जिल्ला दाङ आएका पोखरेलले राजावादीले गर्ने आन्दोलन कुनै दलका विरूद्व नभइ जनताका विरूद्व भएको बताए । ´गणतन्त्रले के दियो भन्दै भ्रम फैलाएर जेठ १५ देखि राजावादीले आन्दोलन गर्ने घोषणा गरेका छन् ।` महासचिव पोखरेलले भने-´त्यो आन्दोलन कुनै राजनीतिक दलका र व्यवस्थाका विरूद्व होइन,नेपाली जनताका विरूद्व हो । हामीले यो कुरा जनतालाई बुझाउन सक्ने कि नसक्ने ?` राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको दाबी गर्दै पोखरेलले गलत कुराका पक्षमा नलाग्न आग्रह गरे । राजावादीले जनतालाई निरंकुशताको जाँतोमुनी पिसेर समाजमा लामो समय शोषणको राज चलाएको भन्दै महासचिव पोखरेलले उनीहरूले गणतन्त्र र जनताको सार्वभौम सत्ता विरूद्व प्रहार गरिरहेको बताए । स्मृति सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवाहरू विदेश गएर देश नबन्ने समेत टिप्पणी गरे । विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने भन्दै देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्ने बताए । विदेश जानु केहिको बाध्यता भएपनि धेरै रहरले विदेश जाने गरेको पनि बताए । ´रहरले विदेश जानेपनि छन् ।` उनले भने-´देश छोडेर देश निर्माणका कुरा गर्नेको संख्या दिनदिनै बढ्दो छ ।` युवा विदेश पलाएनको क्रम रोक्न एमालेले नेतृत्व गर्ने समेत महासचिव पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस  
विद्या भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउने चाहना व्यक्त गर्नुभएको छैन ः शेरधन राई

काठमाडौं- नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

  नेपाल कम्युनिष्ट पार्टी एमाले  निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने

संवैधानिक पदाधिकारी नियुक्ति विवादको फैसला असार १८ मा गर्ने

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी चार वर्षअघिको विवादमा सर्वोच्च अदालतले आज पनि निर्णय दिन

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं, जेठ २८ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई