एमालेमा ‘म झोले हो’ ट्रेन्डिङ,
प्रधानमन्त्री ओलीले आफ्नो तस्बिरसहित ‘म झोले हो’ लेखेर सामाजिक सञ्जाल फेसबुकमा राखेपछि एमाले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल, एमाले उपमहासचिव एवं प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल तथा एमालेका सांसद साथै एमालेका नेताहरुले ‘म झोले हो’ लेख्दै आज एकैचौटी आ–आफ्नो सामाजिक सञ्जालमार्फत् एउटै प्रकृतिको ग्राफिक्स तस्बिर सार्वजनिक गर्नुभएको छ ।