अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सव- पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री



म्याग्दी २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूूर्ण गाउँपालिकाले अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताउनुभयो । “हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहणमार्गमा आवश्यक पूूर्वाधार तयार पारेका कारण सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढेको हो,” प्रधानमन्त्री ओलीले भन्नुभयो “अन्नपूूर्णलगायत हिमालका आधार शिविर जोड्ने पदमार्ग निर्माण र स्तरोन्नतिका कार्यक्रममा पनि सरकारको ध्यान गएको छ ।”
प्रधानमन्त्री ओलीले म्याग्दी हुदै मुस्ताङको कोरला नाका जोड्ने कालीगण्डकी ‘कोरिडोर’ को स्तरोन्नतिलाई पनि राज्यले प्रमुख प्राथमिकता दिएको बताउनुभयो । कोरला नाकामा भौतिक पूर्वाधार निर्माण गर्न सरकार लागिपरेको बताउनुभयो । पचहत्तर वर्षअघि फान्सका मौरिस हर्जोगको टोलीले अन्नपूूर्ण आरोहण गरेर नेपालको पर्वतारोहणको सम्भावनाको ढोका खोलिदिएको स्मरण गर्दै उहाँले पर्वतीय पर्यटनको विकासमा शेर्पा समुदायले गरेको योगदानको प्रशंसा गर्नुभयो प्रधानमन्त्रीले भन्नुभयो “मौरिसले लेखेको अन्नपूूर्ण पुस्तकले नेपाल र यहाँका हिमाललाई विश्वमा चिनाउन योगदान गरेको छ ।”
सन् १९५० जुन ३ मा आरोही हर्जोगले आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण आरोहण गर्नुभएको हो । हीरक महोत्सव समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजालगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस  
सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न एमालेका कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नु पर्छ ः उपमहासचिव ज्ञवालीले

नेकपा एमालेको उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा

विद्या भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउने चाहना व्यक्त गर्नुभएको छैन ः शेरधन राई

काठमाडौं- नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

  नेपाल कम्युनिष्ट पार्टी एमाले  निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने

संवैधानिक पदाधिकारी नियुक्ति विवादको फैसला असार १८ मा गर्ने

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी चार वर्षअघिको विवादमा सर्वोच्च अदालतले आज पनि निर्णय दिन

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई