हाम्रा जनसंगठन पार्टीका नेताहरूलाई व्यवस्थापन गर्ने थलो भएका छन् : महासचिव शंकर पोखरेल


काठमाडौं,नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र संगठनमा काम नगर्नेहरूले जिम्मेवारी लिनु नहुने बताउनुभएको छ ।
बुधबार नेकपा एमाले वाग्मती प्रदेश कमिटीको जनसंगठन संयन्त्रले आयोजना गरेको वाग्मती प्रदेश अन्तर्गतका विभागीय प्रमुख, सचिव, जनसंगठन इन्चार्ज तथा प्रमुखहरूको संयुक्त बैठकलाई पार्टी प्रदेश कार्यालय च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले जसका लागि काम गर्ने हो त्यही समुदायमा नरहने व्यक्तिले जिम्मेवारी पुरा गर्न नसक्ने बताउनुभयो । ‘हामी पार्टीका नेताहरूलाई पदीय जिम्मेवारी दिने अर्थमा मात्र संगठन बनाइरहेका छौँ, काम गर्न समुदायमा पुग्ने हिसाबले संगठन निर्माण भएकै छैन, हाम्रा जनसंगठन पार्टीका नेताहरूलाई व्यवस्थापन गर्ने थलो भएका छन्’, पोखरेलले भन्नुभयो ।
पार्टी र संगठन निर्माणको बारेमा गम्भीर भएर सोच्ने बेला आएको उहाँले बताउनुभयो । ‘पार्टीको राजनीतिले मात्र जनाधार विस्तार हुँदैन, त्यसलाई समुदायमा आधारित बताउनु पर्छ’, पोखरेलेले भन्नुभयो ।
पार्टीमा नभएका मानिसहरूलाई पार्टीमा ल्याउने आधार बनाउन जनसंगठन बनाइएको उहाँले बताउनुभयो । पार्टी सदस्यलाई मात्र संगठित गर्न जनसंगठन आवश्यक नै नपर्ने उहाँले बताउनुभयो । पार्टी सदस्य नभएकालाई पार्टीसँग जोड्नको लागि जनसंगठनले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
जनताको ठुलो पंतिलाई पार्टीमा जोड्न जनताका मुद्दा उठाउनु पर्ने उहाँले बताउनुभयो । त्यो काम जनसंगठनले गर्नुपर्ने पोखरेलको धारणा छ ।
पार्टी महासचिव शंकर पोखरेल प्रमुख आतिथ्यता तथा प्रदेश जनसंगठन संयन्त्र तथा समन्वय प्रमुख दावा दोर्जे लामाको अध्यक्षतामा बैठक भएको हो । बैठकमा पार्टीका वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराई ,अध्यक्ष कैलाश ढुङ्गेल लगायत पदाधिकारीहरू सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस  
सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न एमालेका कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नु पर्छ ः उपमहासचिव ज्ञवालीले

नेकपा एमालेको उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा

विद्या भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउने चाहना व्यक्त गर्नुभएको छैन ः शेरधन राई

काठमाडौं- नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

  नेपाल कम्युनिष्ट पार्टी एमाले  निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने

संवैधानिक पदाधिकारी नियुक्ति विवादको फैसला असार १८ मा गर्ने

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी चार वर्षअघिको विवादमा सर्वोच्च अदालतले आज पनि निर्णय दिन

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई