एमालेको एकल सरकार नबन्दासम्म नीति जति राम्रो भए पनि नेतृत्व जतिसुकै सबल भए पनि त्यसलाई देशको समृद्धमा प्रयोग गर्न सकिदैन ःमहासचिव शंकर पोखरेल


भक्तपुर, २२ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजनीतिक दलले विकास र समृद्धिका लागि देशमा काम नै गर्न नपाएको बताउनुभएको छ ।
नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै पोखरेलले नेपालमा राजनीतिक दलले जम्मा १५ वर्ष मात्र काम गर्न पाएका बताउनुभयो । बाँकी सबै समय यो देशमा राजतन्त्रले राज गरेका बताउँदै उहाँले  राजनीतिक दलले छोटो समयमा पनि धेरै काम गरेका दाबी गर्नुभयो । ‘नेपालका राजनीतिक दलले छोटो समयमा देश विकासको लागि उल्लेख्य काम गरेका छन्’, उहाँले भन्नुभयो ।
पोखरेलले नेपालका राजनीतिक दल मध्ये एमाले सबैभन्दा बढी देशको समृद्धिका लागि काम गर्ने पार्टी भएको दाबी गर्नुभयो । उहाँले नेकपा एमालले राम्रो काम गरेकै कारण एमाले माथि आक्रमण भइरहेको बताउनुभयो ।
एमाले माथि राजवादी, मण्डले, आफूलाई कम्युनिष्ट भन्ने कम्युनिष्ट विरोधी,  लोकप्रियतावादमा विश्वास गर्ने र नेपाललाई आफ्नो क्रिडास्थल बनाउन चाहने अन्तर्राष्ट्रिय शक्तिले सामूहिक रूपमा माथि आक्रमण गरिरहेका पोखरेलले बताउनुभयो । उनीहरूले एमाले हुँदासम्म आफ्नो स्वार्थ पुरा नहुने देखेर एमाले माथि सामूहिक आक्रमणको प्रयास गरिरहेका पोखरेलको भनाइ छ ।
एमालेले देशका लागि धेरै काम गरेको भए पनि अझै धरै गर्नुपर्ने उहाँले बताउनुभयो । यसका लागि अनुकूल वातावरण नबन्दा एमालेले सोचे जति काम गर्न नसकेको उहाँको भानाइछ । ‘राजनीतिक अस्थिरता र सामाजिक अराजकता देश विकासमा बाध बनेको छ’, उहाँले भन्नुभयो ।
त्यसले एमालेले एमालेको नीतिलाई राष्ट्रको नीति बनाउन चाहेको उहाँले बताउनुभयो । त्यसको लागि नेकपा एमालेको एकल बहुमतको सकार आवश्यकता रहेको उहाँले सुनाउनुभयो । एमालेको एकल सरकार नबन्दासम्म एमालेको नीति जति राम्रो भए पनि नेतृत्व जतिसुकै सबल भए पनि त्यसलाई देशको समृद्धमा प्रयोग गर्न नसकिने पोखरेलले बताउनुभयो । त्यसैले प्रचारको कामलाई सबल बनाइ एमालेको मिसन २०८४ लाई सफल बनाउने काममा लाग्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न एमालेका कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नु पर्छ ः उपमहासचिव ज्ञवालीले

नेकपा एमालेको उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा

विद्या भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउने चाहना व्यक्त गर्नुभएको छैन ः शेरधन राई

काठमाडौं- नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

  नेपाल कम्युनिष्ट पार्टी एमाले  निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने

संवैधानिक पदाधिकारी नियुक्ति विवादको फैसला असार १८ मा गर्ने

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी चार वर्षअघिको विवादमा सर्वोच्च अदालतले आज पनि निर्णय दिन

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई