बृन्दावन नगरपालिका उपमेयर संगीतादेवी रामका पति अरुणकुमार राम एमालेमा प्रवेश


बृन्दावन नगरपालिका उपमेयर संगीतादेवी रामका पति अरुणकुमार राम एमालेमा प्रवेश गर्नुभएको छ ।
एकीकृत समाजवादी पार्टीको वन तथा वातावरण केन्द्रीय विभागका सदस्य राम सो पार्टी छाडेर एमाले प्रवेश गर्नुभएको हो । एमाले मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठले रामलाई पार्टीमा स्वागत गर्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरू केन्द्रीय सदस्यहरू अजयकुमार गुप्ता, रेखा झा, कुन्दन कुशवाहा, उद्धव रेग्मी, मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, प्रदेश सचिव आरती भण्डारी, रौतहट जिल्ला अध्यक्ष सचितान्द साहसहितका नेता सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्दै रामले राजनीतिक कर्ममा सिद्धान्त र व्यवहार बिचको दूरीप्रति सधैँ गम्भीर हुनु पर्ने बताउनुभयो । एकीकृत समाजवादीमा देखिएको नीति–विपरीतको प्रवृत्तिका कारण आफूले सो पार्टी छाडेको रामले बताउनुभयो । ‘अब म एमालेमार्फत जनताको चाहना र मधेसको समृद्धिको सपना पूरा गर्न चाहन्छु’, उहाँले भन्नुभयो ।
एमालेका नेताहरूले रामको पार्टी प्रवेशलाई केवल एक व्यक्तिको आगमन नभएर मधेसमा पार्टीको सुदृढीकरणको सङ्केतका रूपमा व्याख्या गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न एमालेका कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नु पर्छ ः उपमहासचिव ज्ञवालीले

नेकपा एमालेको उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा

विद्या भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउने चाहना व्यक्त गर्नुभएको छैन ः शेरधन राई

काठमाडौं- नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

  नेपाल कम्युनिष्ट पार्टी एमाले  निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने

संवैधानिक पदाधिकारी नियुक्ति विवादको फैसला असार १८ मा गर्ने

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी चार वर्षअघिको विवादमा सर्वोच्च अदालतले आज पनि निर्णय दिन

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई