संवैधानिक पदाधिकारी नियुक्ति विवादको फैसला असार १८ मा गर्ने
विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी चार वर्षअघिको विवादमा सर्वोच्च अदालतले आज पनि निर्णय दिन सकेन। फैसला असार १८ गते हुने भएको छ ।
आज बुधबार बिहानैदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको चेम्बरमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी छलफलमा जुटेका थिए। निकै गोप्य तबरमा भएको छलफलका विवरण बाहिर सार्वजनिक भएको छैन। १४ वटा निवेदन यही विषयमा परेका थिए। ती सबै निवेदन एकसाथ राखी सुनुवाइ भएको थियो।