अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै


 

नेपाल कम्युनिष्ट पार्टी एमाले  निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ।

बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको छ , मतदान विद्युतीय मेसिनबाट हुनेछ। विद्युतीय मेसिनबाट मतदान हुने भएकोले आज नै अन्तिम मत परिणाम आउने अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिनुभयो ।
निर्वाचन कमिटीका अनुसार अध्यक्षका लागि डा।सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । खुल्ला उपाध्यक्षको लागि चार जनाको उम्मेदवारी परेको छ । खुल्ला उपाध्यक्षमा गणेशबहादुर साही, भरतसिंह धामी लिपुलेक, राजकुमार ढकाल र विकास श्रेष्ठको उम्मेदवारी कायम रहेको छ ।
त्यस्तै महिला उपाध्यक्षमा पनि चार जनाको उम्मेदवारी परेको छ । जसमा अञ्जना सिवाकोटी, आरती भट्टराई, भवानी बजगाईँ र सुजिता धितालको उम्मेदवारी परेको छ ।
महासचिवमा आरके रोमस, दीपक धामी, र सुनिल कँडेलको उम्मेदवारी परेको छ ।
उपमहासचिवमा अमरबहादुर शाही, कमल जोशी र प्रेमिका शाहीको उम्मेदवारी परेको छ ।
सचिवको लागि  ३५ जनाको उम्मेदवारी कायम रहेको छ ।
महाधिवेशनमा १ हजार ५ सय ३४ प्रतिनिधि छन् ।
अधिवेशनको हलले १ सय ५१ सदस्सीय केन्द्रीय कमिटी, ९ जना पदाधिकारी र ३२ वर्षे उमेर हदलाई अनुमोदन गरिसकेको छ ।
यसै गरी यस अघिका आयोगमा एउटा आयोग थप गरी अनुशासन, लेखा र नीति तथा अनुगमन आयोग बनाइने भएको छ । नीति तथा अनुगमन आयोग यो महाधिवेशनबाट थप भएको हो । आयोग पदाधिकारी सहित १३ सदस्सीय हुने भएका छन् । जसमा प्रमुख, उपप्रमुख र सचिव पदाधिकारी हुने छन् ।
अनेरास्ववियुको सचिवालय ४९ सदस्सीय हुने भएको छ । सचिवालय सदस्य पनि हलले नै चुन्ने भएको छ । केन्द्रीय सदस्य प्रदेश क्लष्टरबाट चुनिने छन् ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई