एमालेका महासचिव शंकर पोखरेललको आयो यस्तो ट्वीट


काठमाडौं, ११ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी, आन्दोलन र नेतृत्वमाथि लक्षित प्रहारको प्रतिवाद गर्नु सम्पूर्ण पार्टीको साझा जिम्मेवारी रहेको बताउनुभएको छ ।

पोखरेलले सामाजिक सञ्जालमार्फत संक्षिप्त टिप्पणी गर्दै राजनीतिक उद्देश्यले गरिने प्रहारको प्रतिकार गर्नु नै पार्टीको मूल कर्तव्य भएको स्पष्ट पार्नुभएको छ । ‘पार्टी र आन्दोलनलाई कमजोर बनाउन जसका विरुद्ध प्रहार केन्द्रित गरिएको हुन्छ, त्यसको रक्षा गर्नु सिङ्गो पार्टीको कर्तव्य बन्न पुग्दछ’ महासचिव पोखरेलले लेख्नु भएको छ।

पोखरेलले पार्टीभित्रको ऐक्यबद्धता, नेतृत्वको संरक्षण र आन्दोलनको निरन्तरतामाथि विशेष जोड दिनुभएको छ । केही समययता नेकपा एमालेको नेतृत्वविरुद्ध सामाजिक सञ्जाल मार्फत लगातार आक्रमण भइरहेको बेला महासचिवको यस्तो अभिव्यक्ति आएको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूबाट आक्रमण भइरहेका बेला महासचिव पोखरेलको स्ट्याटस सार्वजनिक भएको हो। पार्टीभित्र आन्तरिक छलफल र बहस आवश्यक भए पनि नेतृत्वमाथि हुने योजनाबद्ध प्रहारले संगठनलाई कमजोर बनाउन सक्ने खतरा रहन्छ भन्ने सन्देश उहाँले दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई