ओलीको अधिनायकवादले पार्टी डुब्छ, अब विद्याको नेतृत्व आवश्यक: देवकोटा


सिन्धुली,  । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य ( पूर्व जनकपुर अञ्चल इन्चार्ज ) समेत रहेका हालका सल्लाहकार परिषदका सदस्य केशवप्रसाद देवकोटाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वप्रति कडा असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक रूपमा स्टाटस लेख्दै उनले पार्टीभित्रको नेतृत्व परिवर्तन अब अपरिहार्य भएको बताएका छन्।

देवकोटाले लेखेका छन्, “पार्टी अब व्यक्तिको अधिपत्यमा होइन, विचारको नेतृत्वमा फर्किनुपर्छ।” उनका अनुसार ओली नेतृत्वमा पार्टी सिद्धान्तविहीन ढंगले अघि बढिरहेको छ र विचारभन्दा व्यक्तिको प्रभुत्व हाबी भएको छ।

उनले भौतिक पूर्वाधारको नाममा भएका कामलाई सामान्य सरकारको काम मात्र भन्दै एमाले जस्तो विचारप्रधान पार्टीबाट गम्भीर सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको प्रयास नहुनु ओलीको नेतृत्व असफलताको संकेत भएको बताएका छन्।

संकटको समयमा पार्टीका लागि खटिने कार्यकर्तालाई बेवास्ता गरिएको भन्दै देवकोटाले लेखेका छन्, “पार्टी संकटमा हुँदा जीवनको बाजी लगाउने कार्यकर्तालाई लात हानियो, दुर्गा प्रसाईं जस्ता व्यापारीलाई महाधिवेशनबाट सर्वसम्मत केन्द्रीय सदस्य बनाइयो।” उनको भनाइमा प्रसाईं अहिले पार्टीको “घाटीमा अड्किएको हाड” भएका छन्।

देवकोटाले मकवानपुरमा कमल थापा र समानुपातिक सूचीमा एकनाथ ढकाललाई अघि सारिएको निर्णय पनि पार्टी विचारबाट टाढिएको प्रमाण भएको बताएका छन्।

एमाले र माओवादीबीचको पार्टी एकतालाई उनले गम्भीर भूलको संज्ञा दिएका छन्। “न विचारमा छलफल भयो, न सिद्धान्तमा समन्वय। अध्यक्षको अयोग्यता, असक्षमता र बालहठकै कारण एकता भयो, जसले पार्टीलाई उल्टै क्षति पुर्‍यायो,” उनले लेखेका छन्।

लेखको अन्त्यमा उनले पार्टीको वर्तमान संकटको समाधानका लागि मदन भण्डारीको विचार र विद्यादेवी भण्डारीको नेतृत्व आवश्यक भएको बताएका छन्। “अब पार्टीलाई पुनः विचार र अनुशासनमा फर्काउने एक मात्र बाटो भनेको विद्याको नेतृत्व हो,” देवकोटाले लेखेका छन्।

७४ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा पूर्वराष्ट्रपति भण्डारी एमाले राजनीतिमा सक्रिय हुने संकेत दिएका दिनमै देवकोटाले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

एक समय देवकोटा एमालेमा ओली समूहका रणनीतिक नेता थिए। तत्कालीन महासचीव माधव कुमार नेपालको दबदबा रहेको अवस्था मोरङका विनोद ढकाल, संखुवासभाका राजेन्द्र गौतम, सिन्धुलीका देवकोटा र काभ्रेका गोकुल बास्कोटा ओली पक्षको नेतृत्व गर्ने नेताहरूमा गनिन्थे। तर अहिले उनीहरूकै आवाजबाट ओली नेतृत्वप्रति असन्तुष्टि तीव्र बन्दै गएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई