नेपाली क्रान्ति र समाज विकासका लागि जबज मार्गदर्शक विचारः महासचिव पोखरेल


१४ असार (२०८२), पोखरा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली क्रान्ति र समाजको विकासमा जनताको बहुदलीय जनवाद (जबज) नेतृत्वदायी विचार व्यक्त गर्नुभएको छ ।
जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा नेकपा (एमाले) पोखरा महानगर कमिटीले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त विचार व्यक्त गर्नुभएको हो ।
देशलाई सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरणसहित समृद्धिको गोरेटोमा अघि बढाउन जबजले मार्गदर्शन गरिरहेको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले जबजले समग्र नेपाली राजनीतिक दलहरूलाई मार्गनिर्देशन गरेको बताउँदै यसको ऐतिहासिकता, आवश्यकता, औचित्य र सान्दर्भिकता झन् झन् प्रबल र महत्वपूर्ण हुँदै गएको धारणा राख्नुभयो ।
जबजका स्थापित मान्यताका आधारमा मात्र देश निर्माणको जग बलियो हुने उहाँले बताउनुभयो ।
जबजले आत्मसात गरेका मान्यताहरू नेपाली कम्युनिस्ट आन्दोलनका कोशेढुङ्गा भएको र सर्वस्वीकृत मान्यता बनिसकेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– नेपाली क्रान्ति र समाजको विकासमा नेतृत्वदायी विचारका रूपमा जबज स्थापित भएको र विचार निर्माणमा यसले महत्वपूर्ण जग निर्माण गरेको छ ।
कार्यक्रममा प्राध्यापक डा. यदुनन्दन ढकाल, पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, केन्द्रीय सदस्य मञ्जु गुरुङ, प्रतिनिधि सभा सदस्य दामोदर वैरागी, नेकपा (एमाले) प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, कास्की अध्यक्ष वैन बहादुर क्षेत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पोखरा महानगर कमिटी अध्यक्ष जीवन प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त विचार गोष्ठीमा पार्टीको मुखपत्र ‘अभियान’को विमोचन पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई