एमालेलाई निर्णायक राष्ट्रिय शक्तिकारूपमा उभ्याउन मिसन–८४ अभियान महत्वपूर्ण : महासचिव शङ्कर पोखरेल


१४ असार (२०८२), काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्पर्क समन्वय समितिद्वारा पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आज बृहत पदयात्रा कार्यक्रम गरिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भएको पदयात्रा थापाथली, माइतीघर, बबरमहल, बानेश्वर हुँदै तीनकुनेमा पुगेर समापन भएको थियो ।
उक्त पदयात्रा शुभारम्भ गर्दै नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्व. भण्डारीले अघि सार्नु भएको जनताको बहुदलीय जनवादले नेपाली समाजमा रूपान्तरणका लागि महत्वपूर्ण  योगदान गरेको विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– जनताको बहुदलीय जनवाद नेपाली समाजलाई अघि बढाउने उद्देश्यका लागि मार्गनिर्देशन गर्ने विचार हो, त्यही माध्यमद्वारा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्यका साथ हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा जुटेका छौ ।
महासचिव पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिकारूपमा उभ्याउन मिसन–८४ अभियान महत्वपूर्ण भएको जनाउँदै सोही माध्यमबाट  मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान चाहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो– पार्टीको नेतृत्वमा मुलुकलाई विकासको नयाँ युगतर्फ लैजान प्रयत्न भइरहेको छ, नेपाल साधनस्रोतका हिसावले कमजोर छ, नागरिक सम्पन्नताका हिसाबले कमजोर छन् भन्ने भाष्यलाई चिरेर देश सम्पन्न छ भन्ने कुरा दैलेखमा रहेको ग्यास भण्डारणको अन्वेषणबाट प्रमाणित गरेका छौँ ।
महासचिव पोखरेलले जनताको बहुदलीय जनवादको सिर्जनात्मक प्रयोगप्रति प्रतिबद्धता जनाउनु भयो । उहाँले जबजका प्रणेता तथा पार्टीका तत्कालीन महासचिव स्व. भण्डारीप्रति शब्दद्वारा श्रद्धासुमन अर्पण गर्नुभयो ।
पदयात्रामा पार्टीका स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डित, सम्पर्क समन्वय कमिटीका संयोजक श्याम वस्नेत, नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष प्रेमकुमार पराजुली लगायत नेताहरूका साथै सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई