दरबारमा नै बसे पनि बाँच्नको लागि खाद्यान्न नै चाहिन्छ :महासचिव शंकर पोखरेल


भक्तपुर, १५ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल धानमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको बताउनुभएको छ ।
आइतबार अखिल नेपाल किसान महासंघद्वारा आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०८२ को अवसरमा चाँगुनारायण भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गतसाल नेपालको धानको उत्पादनमा नयाँ रेकर्ड नै कायम भएको बताउनुभयो । नेपालमा धानको उत्पादन बढाउन अलिकति ध्यान दिने हो भने धानमा आत्मनिर्भर हुने उहाँको विश्वास छ ।
भौतिक विकास र अन्य सामाजिक विकास जति गरे पनि मानिसलाई बाँच्नको लागि अन्न नै चाहिने पोखरेलले बताउनुभयो । ‘जतिसुकै सम्पन्न भए पनि, दरबारमा नै बसे पनि बाँच्नको लागि खाद्यान्न नै चाहिन्छ, त्यो खाद्यान्न उत्पादन गर्ने किसानलाई समाजले सम्मानित नागरिकको हैसियत नदिएसम्म कृषि पेसामा पढेलेखेका नयाँ पुस्ताको प्रवेश हुन सक्दैन, नयाँ पुस्तामा खेती प्रतिको रुचि घटेको छ’, उहाँले भन्नुभयो ।
जति शिक्षित मान्छे त्यति कृषिमा सरिक हुनु पर्नेमा त्यो हुन नसकेको बताउँदै उहाँले कृषिमा शिक्षित युवालाई जोड्नु पर्ने बताउनुभयो । यसको लागि शिक्षामा सुधार आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘अब स्कुल शिक्षादेखि नै कृषिमा जोड्ने अभियान चलाउन जरुरी छ’, उहाँले भन्नुभयो ।
आफूले गरेको उत्पादनको सही मूल्य र बजारको सुनिश्चितता नहुँदा धेरै मानिसहरू कृषिबाट विमुख हुने अवस्था रहेको उहाँले बताउनुभयो । कृषि प्रणालीलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्न तर्फ लाग्नु पर्ने उहाँले धारणा राख्नु भयो ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई