जनता जागरुक र सचेत हुनुपर्छ : मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनता जागरुक र सचेत भएपछि मात्रै मुलुकको समुन्नति सम्भव हुने बताएका छन् । विकासको मूल आधार जनचेतना भएको उल्लेख गर्दै, जनताको सक्रिय सहभागिता बिना कुनै पनि योजना सफल नहुने मुख्यमन्त्री कँडेलको भनाई थियो । आज वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ मा आयोजित स्थानीयवासीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले राज्यले योजना बनाएर मात्र विकास हुने नभई त्यसको कार्यान्वयनमा जनताको प्रत्यक्ष संलग्नता आवश्यक रहेको बताए । उनले भने, “रातो किताबमा योजना आएर मात्रै पर्याप्त हुँदैन, जबसम्म जनताले त्यसको निगरानी, साथ र सहभागितामा उत्रदैनन्, तबसम्म विकासको गति अपेक्षितरूपमा अगाडि बढ्दैन ।”  जनताले विकास निर्माणका विषयमा सजग भई योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा निगरानी गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो । मुख्यमन्त्री कँडेलले भने  “राजनीतिज्ञ, कर्मचारी र जनप्रतिनिधिसँगै अब जनता पनि प्रत्यक्ष रुपमा विकास प्रक्रियाको हिस्सा बन्नुपर्छ,” सरकारको प्राथमिकता स्थानीय आवश्यकता, क्षमता र जनअपेक्षाअनुसार हुने मुख्यमन्त्री कँडेलले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई